site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
श्रमिक दिवसमा भएको प्रदर्शनमा विभिन्न देशमा सयौँ प्रदर्शनकारी पक्राउ
Ghorahi CementGhorahi Cement

अंकारा । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शनिबार विश्वका विभिन्न देशबाट सयौँ प्रदर्शनकारी पक्राउ परेका छन् । बेरोजगारी र आर्थिक अन्यायका विरुद्ध भएको प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले पक्राउ गरेको अन्तर्राष्ट्यि सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसक्रममा टर्की प्रहरीले २०० भन्दा धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको छ । कोरोनाभाइरसको तेस्रो लहर रोक्न लगाइएको प्रतिबन्ध उल्लंघन गरेको आरोपमा प्रहरीले २१२ जनालाई पक्राउ गरेको बीबीसीले जनाएको छ ।

Agni Group

विश्वभर कोरोना महामारी फैलिरहँदा शनिबार श्रमिक दिवसमा जर्मनी, स्पेन, रुस, स्वीडेन, बेलायत, क्युवा, कोलम्बिया, फिलिपिन्स, इन्डोनेसियालगायत विभिन्न देशमा र्‍याली निकालिएका थिए । अधिकांश ¥याली शान्तिपूर्ण भए पनि टर्कीमा स्थिति नियन्त्रणबाहिर पुगेको थियो ।

विश्वका अधिकांश देशहरुमा श्रमिक र उनीहरुका संगठनले र्‍याली निकालेर अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) मनाउने गरेका छन् ।

Global Ime bank

ताकसिम स्क्वाएरमा प्रवेश गर्न खोजेपछि २१२ प्रदर्शनकारीलाई पक्राउ गरिएको इस्तानबुल राज्यपालको कार्यालयले जनाएको छ । इस्तानबुलमा हुने अधिकांश प्रदर्शन ताकसिम स्क्वाएरमा नै हुने गरेको छ । कोरोनाभाइरसका कारण धेरै नागरिकको मृत्यु भएपछि गत हप्ता मात्र टर्कीमा पूर्ण लकडाउन घोषणा गरिएको छ ।

यसैगरी, फ्रान्समा पनि कम्तीमा ४६ प्रदर्शनकारी पक्राउ परेका जनाइएको छ । यहाँको आन्तरिक मन्त्रालयका अनुसार करिब ३०० स्थानबाट निकालिएको ¥यालीमा एक लाखभन्दा धेरै प्रदर्शनकारी सहभागी थिए । प्रदर्शनकारीहरुले बेरोजगारी समस्या समाधान गर्न र आर्थिक न्याय गर्न सरकारविरुद्ध नारा लगाएका जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  ०९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC