site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पाकिस्तानमा दोस्रो लहरमा गम्भीर बिरामीको संख्या पहिलेको भन्दा ५७ प्रतिशतले बढी
प्रतीकात्मक तस्बिर ।
Ghorahi CementGhorahi Cement

इस्लामाबाद । पाकिस्तानमा कोभिड–१९ को अघिल्लो वर्षको भन्दा गम्भीर बिरामी हुने व्यक्तिको संख्या कम्तीमा पनि ५७ प्रतिशतले बढेको देखिएको बताइएको छ । यहाँका अधिकारीहरुले पाकिस्तानमा अघिल्लो वर्षमा भएका बिरामीहरुको तुलनामा यस वर्ष कम्तीमा पनि ५७ प्रतिशतले बिरामी बढेको पाइएको बताएका हुन् । 

पाकिस्तानमा अहिले गम्भीर प्रकृतिका बिरामी भएर भेन्टिलेटरमा रहेको संख्या पाँच हजारभन्दा बढी छ । पाकिस्तानका विभिन्न अस्पतालहरुमा अहिले पाँच हजार ३६० जना कोभिडका बिरामी भेन्टिलेटरमा उपचाररत रहेका बताइएको छ ।

Agni Group

यहाँको स्वास्थ्य मन्त्रालयका एकजना अधिकारीले भनेका छन् कि अघिल्लो वर्ष जुन महिनामा यहाँ कोरोनाका संक्रमितहरुको संख्या उच्च पुगेको थियो । गत वर्षको जुन महिनामा यहाँ सबैभन्दा बढी अर्थात् दुई हजारजना भेन्टिलेटरमा राखिएको थियो ।

तर, अहिले भने यसरी गम्भीर प्रकृतिको बिरामी भएर भेन्टिलेटरमा राख्नु परेका बिरामीको संख्या पाँच हजार नाघिसकेको छ । यहाँका अधिकारीहरुले अघिल्लो वर्षको तुलनामा पाकिस्तानमा कोरोनाको दोस्रो लहर बढी संक्रामक रहेको पनि बताएका छन् ।

Global Ime bank

पाकिस्तानमा अहिलेसम्म आठ लाखभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् भने १७ हजारजनाभन्दा बढीको ज्यान गएको बताइएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  २३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC