site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतको कोरोना संकटले कसरी पूरै दुनियाँलाई प्रभाव पार्छ ?
Sarbottam CementSarbottam Cement

बीबीसी । कोरोनासँग संघर्षरत् भारतको भयावह दृश्यले यतिबेला पूरै दुनियाँलाई स्तब्ध बनाएको छ । तर विश्वविद्हरुका अनुसार यो संकट भारतलाई मात्र नभएर विश्वका सबैमाथि आइपरेको छ

विश्व स्वास्थ्य संगठनकी प्रमुख वैज्ञानिक डाक्टर सौम्या भन्छिन्, “यो भाइरसले कुनै देशको सिमाना या राष्ट्रियता, उमेर, लिङ्ग, धर्म केही पनि हेर्दैन । र हाल भारतमा जे भइरहेको छ त्यो दुर्भाग्यवश् अरु मुलुकहरुले पनि भोगिसकेका छन् । ”

कोरोना महामारीले यो विश्व कसरी अन्तरसम्बन्धित छ भन्ने सबैलाई राम्ररी बुझाएको छ । यसको अर्थ यदि कुनै देशमा संक्रमण दर उच्च छ भने त्यो अरु मुलुकहरुमा पनि सर्ने निश्चित छ । यात्रा प्रतिबन्ध, विभिन्न परीक्षणका माध्यम, क्वारेन्टिनका बावजुद संक्रमण फैलने जोखिम कायमै रहन्छ । र यसमा कुनै यात्री भाइरसयुक्त क्षेत्रबाट आएको छ भने उसले रोग बोक्ने सम्भावना अधिक हुन्छ । जस्तै न्यु दिल्लीबाट हङकङसम्मको हालैको एक उडानमा ५० यात्रुहरु कोरोना पोजेटिभ फेला परेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

तर भारतको उच्च संक्रमण दरबारे अर्को ठूलो चिन्ताले पनि सबैलाई सताइरहेको छ । त्यो हो ‘भेरियेन्ट’ । 

भारतमा उत्पन्न बी.१.६१७ं. नामक सो भेरियेन्टलाई ‘डबल म्युटेन्ट भाइरस’ पनि भनिन्छ । यसमा भाइरसको स्पाइक प्रोटिनमा दुई मुख्य म्युटेसन या परिवर्तन भएका छन् । स्पाइक प्रोटिन मार्फत नै भाइरसले हाम्रा सेलहरुलाई संक्रमित गराउन सक्छ ।

Global Ime bank

यस्तोमा ल्याबमा गरिएका केही परीक्षणका नतिजामा यो भेरियेन्ट सुरुवाती भन्दा बढी संक्रमक रहेको र हाम्रो प्रतिरोधात्मक प्रणालीले उत्पादन गर्ने एन्टिबडिजलाई पनि यसलाई परास्त गर्न कठिन हुने देखिएको छ । 

वेलकम स्यांगर इन्सटिच्युटमा कोभिड–१९ जेनोमिक्स इनिसिएटिभका निर्देशक डाक्टर जेफ बेरेट भन्छन्, “तरपनि अहिलेसम्म सो म्युटेसन विरुद्ध भ्याक्सिनले काम नगर्नेबारे भने कुनै प्रमाण छैन । त्यसैले मेरो विचारमा हामीले सबै ध्यानपूर्वक अध्ययन गर्नुपर्छ । हतासिएर, आत्तिएर बस्नु चाहिँ हुँदैन । ”

यसमा अर्को गम्भीर कुरा के छ भने, जति बढी संक्रमितको सङ्ख्या हुन्छ त्यति नै नयाँ भेरियेन्ट उत्पन्न हुने सम्भावना पनि बढ्न जान्छ । किनकी प्रत्येक नयाँ संक्रमणले भाइरसलाई आफू भित्र परिवर्तन ल्याउने मौका दिइरहेको हुन्छ । यस्तोमा नयाँ म्युटेसनमाथि हाल प्रयोगमा ल्याइएका खोपहरु प्रभावकारी भएनन् भने समस्या धेरै गम्भीर बन्न पुग्नेछ । 

युके कन्सोर्टियमकी कोभिड निर्देशक, प्रोफेसर सेरोन पिकक भन्छिन्, “भाइरल भेरियेन्टलाई उत्पन्न हुनबाट रोक्ने एउटा उपाय भनेको भाइरसलाई हामी भित्र दोहोरिएर विकसित हुन नदिनु हो । यसको अर्थ विश्वव्यापी रुपमा, रोगको मात्रालाई नियन्त्रण गरेपछि मात्र यो सम्भव छ । ”

यसका लागि लकडाउन र सामाजिक दुरीका उपायहरु उचित हुनेछन् तर खोपले पनि महत्वपूर्ण भूमिका खेल्न सक्नेछ । जुन भारतमा अहिले एकदमै सुस्त गतिमा भइरहेको छ । भारतमा १० प्रतिशत भन्दा कम जनङ्ख्याले खोपको पहिलो डोज लगाएका छन् भने केबल २ प्रतिशत मात्र पूर्ण रुपमा खोप लगाएका छन् । जबकी भारतको सेरम इन्सटिच्युट अफ इन्डिया विश्वकै सबैभन्दा ठूलो खोप उत्पादनकर्ता हो । त्यसैले भारतमा संक्रमण सङ्ख्या आकाशिनुले बाँकी विश्वलाई प्रभावित गर्ने यो पनि एउटा कारण हो । 

मार्चमा संक्रमण दर बढ्न थालेपछि भारतका सरकारी निकायहरुले अक्सफोर्ड–एस्ट्राजेनेका खोपको निर्यात बन्द गरेका हुन् ।

यसले संयुक्त राष्ट्र संघद्वारा सञ्चालित ‘कोभ्याक्स’ कार्यक्रमलाई पनि प्रभावित गर्यो । कोभ्याक्सले मध्यम र कम आय भएका मुलुकहरुलाई खोप वितरण गरिरहेको थियो । सोमबार मात्र कोभ्याक्ससँग सहकार्य गरिरहेको ग्लोबल भ्याक्सिन अलायन्स (गाभी) ले भारतले कहिलेबाट खोप आपूर्ति जारी गर्नेछ भन्ने पर्खाइमा रहेको बताएको थियो । 

त्यसैले पनि यसबाट धेरै देशको खोप वितरण प्रभावित हुने निश्चित छ । किनकी अहिलेका लागि भारतमा उत्पािदत अधिकतम डोजहरु स्वदेशी प्रयोगतर्फ केन्द्रित गराइनेछ । र भारतको संकटपूर्ण अवस्था हेरेर त्यो जरुरी पनि भएको वैज्ञानिकहरु बताउँछन् । 

डब्लूएचओकी डाक्टर सौम्या भन्छिन्, “हामीले खोप अभियानलाई सम्भव भएसम्म तिव्र गतिमा अघि बढाउन जरुरी छ नत्र भाइरसले पनि एक व्यक्तिबाट अर्कोमा सर्न, त्यसै अनुसारको प्रयास गर्नेछ र परिणाम भयानक हुन सक्छ ।” विश्वव्यापी रुपमा हेर्दा एक वर्ष बितिसक्दा पनि महामारी सहज हुने कुनै संकेत देखिएको छैन किनकी भाइरस एकपछि अर्को देशमा हावी भइरहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  ०४:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC