site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
घरमै कोरोनाको खोप बनाउने वैज्ञानिकको प्रयास सफल होला ?
Ghorahi CementGhorahi Cement

वासिङ्टन । विश्वमा कारोना भाइरस संक्रमणका कारण लाखौंको ज्यान गइसकको छ । अझसम्म धनी देशमै पनि खोप र स्वास्थ्य सेवाको उचित व्यवस्था हुन सकेको छैन । यस्तो अवस्थामा बोस्टनका वैज्ञानिकहरु खोपको पहुँचमा नहुने विश्वका लाखौं मानिसलाई लक्षित गरी सरल विकल्पको खोजिमा लागेका छन् । यो प्रयास कोरोना भाइरसलाई पूर्ण रुपमा पराजित गर्न चाहनेहरुका लागि एउटा आशा बन्न सक्छ ।

र्‍यापिड डिप्लोएमेन्ट भ्याक्सिन कोल्याबोरेटिभ (र्‍याडभ्याक) भनिएको यो समूहले निकै सहज रुपमा खोपको खोजि गरिरहेको । समूहका प्रमुख वैज्ञानिक प्रिस्टन एस्टेप घरको भान्छामा नै खोप बनाउन सकिने सम्भावनामा आशावादी देखिन्छन् । यो विधिअनुसार कम लागत र प्रविधिको प्रयोगबिना नै खोप बनाउन सकिने समूहका वैज्ञानिकहरु बताउँछन् । एउटा रोटी तयार लाग्ने जति समय पनि नलाग्ने उनीहरुको दाबी छ ।

Agni Group

सेलिन (स्लाइन पानी), कोरोना भाइरसमा पाइने जस्तै प्रोटिन र समुन्द्रि जीवको खबटा (शेल)मा पाइने किटोसेनको प्रयोग गरी खोप बनाउन सकिने बताइएको छ । खोपको यो रेसिपिमा कसैको विशेषअधिकार नरहेको भन्दै उनीहरुले जो कोहीले निशुल्क यसको प्रयोग गर्न सक्ने बताएका छन् ।

यद्यपि खोपले काम गर्छ भन्ने सिद्ध भइसकेको भने छैन । न त यसको नियामक प्राधिकरण नै छ । एष्ट्राजेनिका, फाइजर, सिनोफार्म लगायतका खोप जसरी यो खोपले परीक्षणको कुनै प्रकृया समेत पुरा गरेको छैन । खोपको मुख्य परीक्षण मैदान भनेको र्‍याडभ्याकका वैज्ञानिक र हार्वड मेडिकल स्कुलका केही विद्यर्थी मात्र हुन् जसले खोपले केही फाइदा दिने देखे ।

Global Ime bank

जर्मनीबाट युरोपेली संसदको एक सदस्य जुटा पौलुसले यो खोपको विषयमा युरोपेली नियामक निकाय, यसको स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनसँग कुरा गरिसकको बताएकी छिन् । यो खोपले नकारात्मक असर नगर्ने बताउँदै उनले यस विषयमा थप अनुसन्धान हुनुपर्नेमा जोड दिएकी छिन् । तर उनी स्वयंले भने यो खोप लगाएकी छैनन् ।


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  ०२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC