site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अफगानिस्तानमा कार बम विस्फोट हुँदा कम्तीमा ३० जनाको मृत्यु
Sarbottam CementSarbottam Cement

काबुल । कार बम विस्फोट हुँदा अफगानिस्तानमा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

भिडभाड रहेको सडकमा शुक्रबार गराइएको विस्फोटमा परी अरु ७० जना घाइते पनि भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । अफगानिस्तानको पूर्वी लोगार प्रान्तको राजधानी पुल ए अलाममा रहेको प्रान्तीय अस्पतालबाहिर सडकमा विस्फोटको घटना भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

स्थानीय समयानुसार बेलुका ६.५० मा घटना भएको थियो । प्रारम्भिक विवरणानुसार विस्फोट भएको कारका चालकले गलत तरिकाले कार चलाएर विस्फोट भएको थियो ।

घटनामा परी मृत्यु हुनेहरुको संख्यामा वृद्धि हुन सक्ने स्थानीय अधिकारीहरुले सिन्ह्वासँग बताएका छन् । उनीहरुका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको संख्या वृद्धि हुने अनुमान गरिएको हो ।

Global Ime bank

विस्फोटका कारण प्रान्तीय अस्पतालको भवन र सँगै रहेको एम्बुलेन्समा पनि क्षति पुगको अधिकारीहरुले जनाएका छन् । घटनाबाट प्रभावित भएका मध्ये धेरैजना स्वास्थ्यकर्मीहरु समेत रहेका छन् । त्यसैगरी, विश्वविद्यालयको प्रवेश परीक्षामा सहभागी हुन लोगार जिल्लाबाट आएका विद्यार्थीहरु पनि घटनामा परेका छन् । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  १५:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC