site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
श्वेत वर्चश्ववादको भावना आतंकवाद हो : राष्ट्रपति बाइडेन
Ghorahi CementGhorahi Cement

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले श्वेत वर्चश्ववाद (ह्वाइट सुप्रिमेसी) को भावनालाई आतंकवादको संज्ञा दिएका छन् । कार्यभार सम्हालेको १०० औँ दिनको पूर्वसन्ध्यामा राष्ट्रपति बाइडेनले श्वेत वर्चश्ववादलाई घरेलु आतंकवाद भन्दै यसविरुद्ध सावधान रहन आवश्यक रहेको बताएका हुन् ।

युद्धग्रस्त अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णयमा बोल्दै उनले वैश्विक आतंकवादी सन्जाल धेरै हदसम्म परास्त भएको बताए । सम्बोधनका क्रममा बाइडेनले विदेशी आतंकवादीको तुलनामा श्वेत वर्चश्ववादको भावना भएका मानिस देशका लागि बढी हानिकारक भएको टिप्पणी गरे ।

Agni Group

"श्वेत वर्चस्ववाद आतंकवाद हो । हाम्रो गुप्तचर निकायले सबैभन्दा बढी खतरनाक बताएको यसलाई हामी नजरअन्दाज गर्न सक्दैनौं," बाइडेनले भने, "देशवासी मेरा मित्रहरु यो देशको आत्माको रक्षा गर्न हामीलाई एकजुट हुनैपर्छ ।"

उनले यो वर्षको जनवरी ६ मा राजधानीमा भएको आक्रमण अस्तित्वको संकटका कारण भएको भन्दै त्यसलाई प्रजातन्त्रको परीक्षा बताए ।

Global Ime bank

राष्ट्रपतीय निर्वाचनमा पराजित तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यालय छाड्ने समयमा त्यसबेला उनका समर्थकहररूले संसदमा आाक्रमण गरेका थिए । टाइम्स अफ इन्डियाबाट

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  २१:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC