site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
संसदमा राष्ट्रपति बाइडेनको पहिलो सम्बोधन, चार ट्रिलियन डलरको महत्वकांक्षी योजना सार्वजनिक
तस्बिर : ईपीए
Sarbottam CementSarbottam Cement

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलो पटक संसदलाई सम्बोधन गरेका छन् । कार्यभार सम्हालेको १०० औँ दिनको पूर्वसन्ध्यामा राष्ट्रपति बाइडेनले संसदलाई सम्बोधन गरेका हुन् ।

आफ्नो पहिलो सम्बोधनमार्फत् उनले रोजगारी, शिक्षा र सामाजिक सुरक्षाको क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर योजनाहरू सार्वजनिक गरेका छन् । उनले चार ट्रिलियन डलर बराबरको योजना सार्वजनिक गरेका बीबीसीले जनाएको छ । बाइडेनले यो योजनालाई एक पुस्तामा एक पटकको लगानी बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

७८ वर्षीय राष्ट्रपति बाइडेनले अमेरिकी रोजगार योजना र अमेरिकी परिवार योजनालाई विशेष महत्व दिएका छन् । उनले अमेरिकी रोजगार योजनालाई 'अमेरिका निर्माणको मूल खाका'का रुपमा चित्रण गरेका छन् ।

"कर्पोरेट अमेरिका र एक प्रतिशत धनीले आफ्नो उचित हिस्सा तिर्ने समय आएको छ", सम्बोधनका क्रममा उनले भने । यी सबै कामहरू जलवायु परिवर्तनलाई ध्यानमा राखेर सञ्चालन गरिने पनि बाइडेनले बताएका छन् ।

Global Ime bank

बाइडेनको योजनामा यातायात विकासमा ६२१ विलियन डलर, वृद्ध तथा अशक्तको हेरचाहमा ४०० बिलियन, बालबालिकाको हेरचाहमा २२५ बिलियन, शिक्षामा २०० बिलियन र खानेपानीको पूर्वाधार निर्माणमा १११ बिलियन डलर छुट्याइएको छ ।

यद्यपि यी योजनाहरू कार्यान्वयनमा जानुअघि संसद्मा व्यापक बहस हुने जनाइएको छ । बाइडेनको पार्टी डेमोक्रयाटमै पनि उनको महत्वकांक्षी योजनालाई लिएर केही हदसम्म फरक मतहरू देखिने आकलन गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १६:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC