site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दुलाहालाई कोरोना देखिएपछि पीपीई लगाएर विवाह 
Ghorahi CementGhorahi Cement

बीबीसी । भारतको मध्य प्रदेशस्थित रत्लमका एक जोडीलाई कोरोनाको संकटपूर्ण अवस्थामा समेत विवाह गर्न अनुमति दिइएको छ । 

विवाहको केही दिन अगाडि दुलाहलाई कोरोना पोजेटिभ देखिएपछि चिन्तित बनेका जोडीलाई स्थानीय अधिकारीहरुले एउटा शर्तमा विवाह गर्न दिने निर्णय गरेका हुन् । 

Agni Group

यसमा दुलाह दुलहीसहित समारोहमा सहभागी सबैले सुरक्षाका लागि पीपीई लगाउन सहमत भएमा विवाह गर्न दिइने छलफल भएको थियो र त्यहीअनुसार दुवैले परम्परागत रितीरिवाजले विवाह गरेका हुन् । 

रत्लमका अफिसर, नविन गार्ग भन्छन् , “हामीले कोभिड पोजेटिभ भएका एक बिरामी विवाह गर्न लाग्दैछन् भन्ने सुन्यौँ । त्यसैले हामी पहिले त सो कार्यक्रम रोक्नका लागि समारोहमा पुग्यौँ । तर उनीहरुले अनेकौँ बिन्ती र अनुरोध गरेपछि अनि सुरक्षाका मापदण्ड सम्बन्धी सबै प्रक्रिया पुर्याउने वचन दिएपछि सावधानीपूर्वक विवाह सम्पन्न गरिएको हो ।” 

Global Ime bank

उनीहरुले सुरक्षाकर्मीको निगरानीमै विवाह गरेका हुन् । 

भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या दुई लाख नाघिसकेको छ । संक्रमण दर तिव्र रुपमा बढ्दा भरिभराउ बनेका अस्पतालहरुले अहिले बिरामीहरु फर्काइरहेका छन् । बेड र अक्सिजनको अभावले उपचार थप चुनौतीमय बन्न पुगेको हो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १४:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC