site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
के भारतलाई कोरोना नियन्त्रणमा सहयोग गर्नुमा अमेरिकाको स्वार्थ छ ?
Sarbottam CementSarbottam Cement

न्यूयोर्क । भारतमा कोरोना भाइरस संक्रमणदर बढेसँगै बेलायत, अमेरिकालगायत विश्वका विभिन्न राष्ट्रले सहयोग गरे । बेलायतले भारतलाई ४९५ अक्सिजन कन्सन्ट्रेटर र १४० भेन्टिलेटर दिने घोषणा गर्दा अमेरिकाले तीन सयभन्दा धेरै अक्सिजन कन्सन्ट्रेटर दिने बतायो । अमेरिकाले खोप उत्पादनका लागि चाहिने कच्चा पदार्थमा लगाएको प्रतिबन्ध पनि हटाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

शक्ति राष्ट्रको यो सहयोग विशुद्ध राजनीतिक स्वार्थबाट प्रेरित भएको एकथरीको बुझाइ छ । तर अमेरिकाले भारतलाई गरेको सहायोगमा कुनै स्वार्थ नरहेको दाबी गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

भारतलाई गरिएको सहयोगको बदलामा अमेरिकाले कुनै राजनीतिक समर्थनको अपेक्षा नगरेको अमेरिकी राज्य विभागका प्रवक्ता नेड प्रिन्सलेले सोमबार  पत्रकारहरूसँग कुरा गर्दै बताए । इन्डिया टाइम्सबाट

“भारतसँग हाम्रो विश्वव्यापी रणनीतिक साझेदारी छ । यो सहयोग राजनीतिक समर्थन वा अन्य कुनै प्रकारको लेनदेनका लागि गरिएको होइन । यो सहयोग अमेरिकाको परोपकारी नेतृत्व र सहयोग गर्ने सरकारको प्रतिबद्धताबाट प्रेरित छ,” प्रिन्सले भने ।

Global Ime bank

विश्वको एक स्थानमा मात्र भाइरस बाँकी रहनु अमेरिकी नागरिक जोखिममा हुनु भन्दै उनले आफ्नो राष्ट्रिय सुरक्षा र समग्र विश्वको सुरक्षाका लागि अमेरिकाले भारतलाई सहयोग गरेको दोहोर्‍याए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  २१:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC