site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मास्क नलगाएपछि थाइल्यान्डका प्रधानमन्त्रीलाई जरिवाना
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

बैंङ्कक । मास्क नलगाएपछि थाइल्यान्डका प्रधानमन्त्री प्रयुथ चान–ओचा जरिवानामा परेका छन् । कोभिड–१९ विरुद्धको खोप कार्यक्रमका विषयमा भएको बैठकमा मास्क नलगाई उपस्थित भएको पाइएपछि प्रयुथलाई १९० अमेरिकी डलर जरिवाना गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेजमा राखिएको तस्बिरबाट उनले बैठकमा मास्क नलगाएको पाइएको हो । थाइल्यान्डमा कोरोनाभाइरस संक्रमण दर बढिरहँदा अधिकारीहरुले सार्वजनिकस्थलमा मास्क नलगाउनेमाथि ६४० डलरसम्म जरिवाना गर्ने नियम बनाएका छन् । आफ्नो कार्यकालमा पहिलोपटक प्रयुथले नियम उल्लंघन गरेकाले उनलाई कम जरिवाना गरिएको जनाइएको छ ।

सोमबार थाइल्यान्डमा दुई हजार ४८ जनामा कोरोना संक्रमण हुँदा आठजनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमण बढेसँगै यहाँ अस्पतालमा शय्या र सघन उपचारकक्षको अभाव भएको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  १४:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC