site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

सरकारको महामारी नियन्त्रण गर्ने प्रयत्न निषेधाज्ञाबाट सुरु भएको छ । काठमाडौं उपत्यकाका ती प्रमुख सहरहरूलगायत देशका सबैजसा ठूला सहरहरूमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । तर, सोमवार  मन्त्रिपरिषद्ले नै कम्तीमा १५ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको समाचार सार्वजनिक भएकाले सम्भवतः अब त्यही निर्णय लागू हुनेछ । 

सरकारले निषेधाज्ञा जारी गरेसँगै बसपार्क र अन्य सार्वजनिक यातायातका बिसौनीहरूमा उपत्यका छाड्नेहरूको भिड थामिनसक्नु भएको छ । गएको वर्षको तितो र त्रासद अनुभवका कारण सर्वसाधारण यसरी आत्तिएको हुनुपर्छ । सङ्क्रमण नियन्त्रणका लागि आवश्यक सावधानी वा स्वास्थ्य मापदण्डको पालना गराउन भने सरकार वा यातायात व्यवसायी कसैले पनि चासो राखेको देखिएन ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले सहर र गाउँका बीचमा कम्तीमा महामारीको सन्त्रासमा अन्तर मेटाउन चाहेको हो कि ? नत्र, सार्वजनिक यातायातमा देखिएको अव्यवस्थाकै कारण कोभिड-१९ को दोस्रो लहर देशका कुनाकाप्चासम्मै पुग्ने सरकारी अधिकारीहरूलाई पनि थाहा नभएको त पक्कै नहोला । तर, निषेधाज्ञाको निर्णयसँगै सार्वजनिक यातायातमा हुनसक्ने भिड र सङ्क्रमणको जोखिम कम गराउने उपाय भने गरिएन ।

सङ्क्रमणको भयावहताका कारण एकातिर जनजीवन ठप्प पार्नेगरी निषेधाज्ञा जारी गरिएको छ भने अर्कातिर प्रधानमन्त्री, मन्त्री र सत्तारूढ तथा विपक्षी दलका नेता कार्यकर्ता भने राज्य र जनताको स्वास्थ्यलाई चुनौती दिँदै सभा, बैठकका नाममा भिड जम्मा गरिरहेका छन् । यस्तो हेलचेक्य्राइँबाट राजनीतिक दलका  गैरजिम्मेवार नेता र कार्यकर्तामात्र सङ्क्रमणको जोखिममा पर्ने हैनन् । 

Global Ime bank

निषेधाज्ञा कानुनीरूपमा सुरु भइसकेका ठाउँमा समेत यस्ता गैरजिम्मेवार क्रियाकलाप गरिनु अत्यन्त आपत्तिजनक र निन्दनीय हो । यसैले कानुन कार्यान्वयनकर्ताहरूले निष्पक्षतापूर्वक यस्ता क्रियाकलाप नियन्त्रण गर्नुपर्छ । 

राजनीतिक नेताहरूलाई यसरी नै हेलचेक्य्राइँ गर्ने छुट दिने हो भने निषेधाज्ञालगायतका बन्देजहरूबाट जनसाधारणलाई सास्ती र अर्थतन्त्रमा खतीमात्र हुनेछ । लामो दूरीका लगायत सार्वजनिक यातायातमा स्वास्थ्य सावधानी लागू गराउन र राजनीतिक सभा, भेलाहरू रोक्न क्रियाशील भएर प्रहरी र  प्रसासनले आफ्नो औचित्य र अस्तित्व  देखाउन्  । 
   
 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  १४:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC