site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
म्यानमारमा सेना र जातीय अल्पसंख्यक विद्रोहीबीच झडप
Ghorahi CementGhorahi Cement

नेपित । म्यानमारको पूर्वी क्षेत्रमा जातीय अल्पसंख्यक करेन विद्रोही र सेनाबीच दोहोरो झडप भएको छ ।

मंगलबार बिहान थाइल्यान्ड सीमाको बोर्डर आउटपोस्ट (बीओपी)मा आक्रमण गरेको करेन नेसनल युनियनलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ । यो झडपलाई सेनाले सत्ता हातमा लिएयताको ठूलो झडपमध्येको एक बताइएको छ । झडपमा थाइल्यान्डका एक अधिकारी घाइते भएको बताइए पनि थप जानकारी प्राप्त नभएको जनाइएको छ ।

Agni Group

दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको संगठन (आसियान)को सुझावलाई सेना प्रमुखहरुले सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिएको केही दिनमा नै यो संघर्ष भएको हो । शनिबार इन्डोनेसियाको राजधानी जकार्तामा सम्पन्न आसियानको शिखर सम्मेलनमा यस क्षेत्रका राष्ट्रप्रमुखहरुले हिंसा रोक्न र निर्वाचित सरकारका प्रतिनिधिहरुसँग वार्ता गर्न आग्रह गरेका थिए । सम्मेलनमा म्यानमारका सेना प्रमुख मिङ आङ हेइङ सहभागी भएका थिए ।

गएको फेब्रुअरी १ तारिखमा सेनाले सत्ता हातमा लिएपछि यस क्षेत्रमा संघर्ष बढेको छ । आसियानको शिखर सम्मेलनपछि तुलनात्मक रुपमा शान्त बनेको म्यानमारमा पुनः हिंसात्मक झडप भएको हो । जातीय विविधता रहेको म्यानमारमा लामो समयदेखि अल्पसंख्यक करेन विद्रोहीलगायतले जातीय राज्यको माग गर्दै आएका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  १४:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC