site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
निर्वाचन आयोगका कारण भारतमा कोरोनाको दोस्रो लहर फैलियाे– उच्च अदालत
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । मद्रास उच्च अदालतले भारतमा कोरोनाको दोस्रो लहरमा यहाँको निर्वाचन आयोगलाई मुख्य जिम्मेवार ठहर गरेको छ । राजनीतिक दललाई कोभिड–१९ प्रोटोकल दुरुपयोग गर्नबाट नरोकेको भन्दै अदालतले आयोगलाई दोषी ठहर गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

“यो अवस्थाका लागि जिम्मेवार निकाय तपाईंहरू (आयोग) नै हुनुहुन्छ । अदालतको पटक पटकको आदेशको बेवास्ता गर्दै तपाईंहरूले राजनीतिक दलको र्याली रोक्न कुनै कदम चाल्नु भएन,” प्रधानन्यायाधिश सन्जिव बेनर्जी र न्यायाधीश सेन्थिलकुमार राममुर्तिले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

आयोगसँग असन्तुष्ट बनेका प्रधानन्यायाधिश बेनर्जीले ‘चुनावी र्‍याली भइरहँदा तपाईंहरू कुन ग्रहमा हुनुहुन्थ्यो’ भन्दै आयोगका पदाधिकारीहरूलाई प्रश्न गरेका छन् । उनले आयोगलाई सबैभन्दा गैरजिम्मेवार संस्था बताउँदै आयोगका पदाधिकारीहरूलाई हत्या अभियोग लगाउनुपर्ने बताए ।

आगामी मे २ अघि कोभिड–१९ प्रोटोकलको उचित पालना गरेको नपाइए मत गणना रोकिदिने अदालतले चेतावनी दिएको छ ।

Global Ime bank

भारतको बंगाल, तमिल नाडु, केरला, आसाम र पन्डिचेरीमा जारी निर्वाचनका कारण यी क्षेत्रहरूमा कोरोना भाइरस संक्रमण निकै बढेको छ । टाइम्स अफ इन्डियाबाट

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  २२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC