site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

महाव्याधिको विपत्ति थाम्न नसकिने भएपछि बाँकेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी०को बैठकले केही दिन पहिले नै ‘मेडिकल टिम’ पठाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोध गरेको थियो । जिल्लामा सङ्कटको सामना गर्न आर्थिक स्रोतको पनि अभाव भएको जनाउँदै प्रदेश र संघका सरकारहरूसँग रकम पनि माग गरिएको छ ।  

केन्द्रबाट अध्ययन टोली नेपालगन्ज पुगे पनि  चिकित्सा वा आर्थिक मद्दत भएको समाचार भने सार्वजनिक भएको छैन । सङ्क्रमण झन् झन् तीव्रतर हुँदै जाने र स्थानीय स्वास्थ्य सुविधाले धान्नै नसक्ने भइसकेकाले संघीय तथा प्रदेश सरकारले तत्काल सहयोग नगरे नेपालगन्जको अवस्था भयावह हुनसक्ने देखिन्छ ।

Agni Group

मानिसहरूको आवागमन नियन्त्रण गरेर सङ्क्रमण रोक्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । तर, निषेधाज्ञाले सङ्क्रमणको गति कम गर्न सहयोग गरे पनि समुदायमा फैलिइसकेको सङ्क्रमणबाट सिकिस्त हुनेको सङ्ख्या घटाउन सक्तैन । यसैले अहिले प्रशासनिक उपायबाट मात्र समस्या समाधान हुँदैन ।

कोभिड–१९ को महाव्याधि नियन्त्रणमा सफल सिद्ध व्यवस्थापकीय उपायहरू अपनाउन  जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई आवश्यक सहयोग तथा चिकित्सा एवं मानवीय सहायता तत्काल उपलब्ध गराउन संघ र प्रदेश सरकारहरू अगाडि सरुन् । यस्ता अवस्थामा पनि रकमी बहाना बनाएर पन्छन खोजियो भने त्यो अपराध हुनेछ ।

Global Ime bank

भारततर्फको आवतजावत नियमन नगरी नेपालगन्जमा सङ्क्रमण रोक्न सायद सम्भव हुँदैन । यसैले सीमा नाकाहरूमा नेपाल प्रवेश गर्नेहरूको परीक्षण, सङ्क्रमितको उपचार र अलग्गै (आइसोलेसनमा) राख्ने व्यवस्था तथा तिनको अभिलेख राख्ने एवं परिवारलाई जानकारी दिने प्रबन्ध मिलाउन सके आगामी दिन केही सहज हुनेछन् ।

बाँकेको नेपालगन्जलगायत क्षेत्रमा देखिएको सङ्क्रमणको लहर अरू जिल्लाका सीमावर्ती  सहरहरूमा पनि देखिइसकेको हुनुपर्छ । काठमाडौं उपत्यका पनि चर्को सङ्कटकै जोखिममा छ । यस अवस्थामा तत्काल आवश्यक निर्णय र मानवीय सहायताको घोषणा गर्नुको साटो नेपाल सरकारले भने स्थानीय तहलाई जिम्मा लगाएर पन्छन खोजेको छाप जनमानसमा परेको छ ।

सरकारप्रति जनमानसमा यस्तै अविश्वास बढ्यो भने सङ्कटको सामना झन् कठिन हुनेछ । यसैले सरकारले जनतालाई विपत्तिका बेला बिचल्लीमा पर्न दिँदैन भन्ने पुष्टि गर्न पनि बाँकेको आर्तनादको तत्काल सम्बोधन गरिनुपर्छ । बाँकेमा सहायता पठाउन आलटाल भयो भने त अरू जिल्ला मागै गर्नसमेत हच्किनेछन् । बाँकेको अनुभवबाट सिकेको पाठ अन्यत्र  पनि उपयोगी हुनेछ । 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  १३:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC