site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोभिड–१९ संक्रमण : भारतलाई विश्वभरबाट सहयोग प्राप्त हुँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतमा कोरोना संक्रमणको ग्राफ बढेसँगै अमेरिका, बेलायतलगायत देशले आवश्यक सहयोग गर्ने भएका छन् । बेलायतले भारतलाई हावाबाट अक्सिजन निकाल्ने अक्सिजन कन्सन्ट्रेसन गर्ने मेसिन ४९५ र भेन्टिलेटर १४० वटा सहयोग गर्ने भएको छ ।
 
यसैगरी अमेरिकाले तीन सयभन्दा धेरै अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्दै खोप उत्पादनका लागि आवश्यक कच्चा पदार्थ तत्काल उपलब्ध गराउने जनाएको छ । भारतको सेरम इन्स्टिच्युट र सरकारी अधिकारीहरुले औषधिको कच्चा पदार्थमा लागेको निर्यात नियन्त्रण हटाउन आग्रह गरेपछि अमेरिकाले यस्तो निर्णय गरेको हो ।

अमेरिकाले दिएको पाँच टन तौलका केही अक्सिजन कन्सन्ट्रेटर भने जोन एफ केनडी अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका लागि छुटिसकेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“महामारीको सुरुमा हाम्रो अस्पतालको अवस्था तनावग्रस्त हुँदा भारतले हामीलाई सहयोग गरेको थियो । अहिले भारतलाई सहयोग आवश्यकता छ र हामी उसलाई सहयोग गर्न प्रतिबद्ध छौं,” अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्विट गर्दै लेखेका छन् ।

पछिल्लो केही दिनदेखि भारतमा दैनिक संक्रमितको संख्या तीन लाख नाघेको छ । अक्सिजन अभावमा भारतका विभिन्न राज्यमा मृतकको संख्या बढेपछि विभिन्न देशले भारतलाई सहयोगका लागि तत्परता देखाएका हुन् ।

Global Ime bank

यसैगरी फ्रान्स र युरोपेली संघ (ईयू)ले पनि भारतमा अक्सिजन र औषधि आपूर्तिमा सहयोग गर्ने बताएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  १२:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC