site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विश्वभर कोरोनाविरुद्धको एक अर्ब बढी डोज खोप लगाइयो, विकसित देशकै हालीमुहाली
Ghorahi CementGhorahi Cement

एजेन्सी । विश्वभर हालसम्म कोरोनाभाइरसविरुद्ध एक अर्बभन्दा धेरै डोज खोप लगाइसकिएको छ । नेपाली समयानुसार शनिबार राति साढे ११ बजेसम्मको तथ्यांकानुसार कम्तीमा एक अर्ब २९ लाख ३८ हजार ५४० डोज खोप लगाइएको समाचार संस्था एएफपीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पहिलोपटक आम खोप कार्यक्रम सुरु गरेयता पाँच महिनाभन्दा कम  समयमा एक अर्ब बढी खोप लगाइसकिएको जनाइएको छ । त्यसमध्ये खोपको ५८ प्रतिशत मात्रा अमेरिका, चीन र भारतमा मात्र लगाइएको छ । अमेरिकामा २२ करोड ५६ लाख डोज, चीनमा २१ करोड ६१ लाख र भारतमा १३ करोड ८४ लाख डोज खोप लगाइएको छ ।

Agni Group

जनसंख्याको आधारमा सबैभन्दा धेरै खोप इजरायलले लगाएको छ । इजरायलका १० मध्ये ६ जनाले खोप लगाइसकेका छन् । संयुक्त अरब इमिरेट्समा ५१ प्रतिशत, बेलायतमा ४९ प्रतिशत र अमेरिकामा ४२ प्रतिशत जनसंख्याले खोप लगाएका छन् ।

तर, गरिब देशहरुमा खोप लगाउनेको संख्या ज्यादै न्यून रहेको जनाइएको छ । कोभ्याक्स कार्यक्रममार्फत अधिकांश गरिब देशहरुमा खोप कार्यक्रम सुरु भए पनि खोपमा उच्च आय भएका देशहरुकै विशेषाधिकार रहेको पाइएको छ । विश्व बैंकका अनुसार उच्च आय भएका देशमा ४७ प्रतिशतले खोप पाएका छन् । तर, न्यून आय भएका देशका ०.२ प्रतिशत जनसंख्याले मात्र खोपको सुविधा पाएका छन् ।

Global Ime bank

अफ्रिकाका सातसहित विश्वका १२ देशमा अझै खोप कार्यक्रम सञ्चालन हुन नसकेको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC