site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

एकपटकको दुर्घटना भवितव्य हुनसक्छ । तर, दोहोरिन थालेके दुर्घटना हेलचेक्य्राइँ वा अपराध हुन्छ । चितवन र तनहुँका बीचमा त्रिशुली नदीमा बनेको मोटर चल्ने पुल केही दिनभित्रै दुईपटक भत्केको घटनालाई पनि अब भवितव्य भन्न मिलेन ।  

चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्न त्रिशुलीमा बनाइँदै गरेको मोटर चल्ने पुल केही गत चैत २४ गते अकस्मात् भत्केपछि घटनाको छानबिन गर्न सरकारले समितिसमेत गठन गरेको थियो । यस्तैमा आइतवार पुलको अर्को भाग भत्केको छ ।  

घटनाको विस्तृत विवरण आइसकेको त छैन तर कार्यस्थल सुरक्षा तथा निर्माणको गुणस्तरकै कारण यसरी पुल भत्केको अनुमान भने सहजै लगाउन सकिन्छ । पछिल्लोपटक भत्कँदा पुलबाट नदीमा खसेका त्यहाँ काम गर्ने केही मजदुरमध्ये एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पुल निर्माणका लागि २०७४ सालमा काम सम्पन्न गर्नेगरी २०७१ सालमा ठेक्का लगाइए पनि पटकपटक म्याद थपेर ठेकेदारलाई सजिलो बनाइएको थियो । सरकारको यसरी सहयोग र सहुलियत पाएको भए पनि ठेकेदार भने पुल बनाउन र गुणस्तर कायम राख्न गम्भीर एवं इमानदार देखिएनन् ।

ठिमुरा पुल नेपालको सरकारी क्षेत्रको निर्माणको प्रतिनिधि घटना हो । समयैमा काम नहुने र गुणस्तरको मापदण्डमा हेलचेक्य्राइँ गरिने प्रवृत्ति सम्भवतः देशभरका सबै ठूला निर्माण आयोजनाको साझा समस्या हो । यसैले यस्ता घटना मूलतः सरकारी संयन्त्रकै कमजोरीका उपज हुन् । 

Global Ime bank

निर्माण कार्यमा गराइने घटाघटमा धेरै तल झरेर बोलपत्र दिन इमानदार निर्माण व्यवसायीहरू हच्कन्छन् । अर्कातिर, कामप्रति निष्ठा र लगन नभएका तर ठेक्का हात पारेर च्याँखे थाप्नेहरू भने घटघटका सजिलै कम अङ्क कबोल गर्छन् । सरकारी नियमअनुसार सामान्यतः कम रकम कबोल गर्नेलाई ठेक्का दिनुपर्ने हुन्छ ।

इमानदार निर्माण व्यवसायी सरकारी कर्मचारीलाई अतिरिक्त पैसा दिन पनि अनिच्छुक हुन्छन् । निर्माण कार्यको सुपरिवेक्षण, निरीक्षण र अनुगमनको दायित्व हुने सरकारी कर्मचारी भने पैसा नलिई काम गर्न बिरलै तयार हुन्छन् । यिनै र यस्तै कारणले नेपालको निर्माण व्यवसायको बजारमा खोटा सिक्का धेरै चलेका छन् ।

अहिले त समयैमा काम सकियो अनि गुणस्तरको मापदण्ड र निर्माण व्यवसायको धर्म पालना भयो भने आश्चर्य मान्नुपर्ने अवस्था छ । ठिमुरा घटना अनुपात र आयाममा  अन्तरमात्रै हो सबैजसा ठूला र मझ्यौला सार्वजनिक निर्माणको साझा प्रवृत्ति नै हो । नीति निर्माण तहदेखि नै परिमार्जन भएमात्र यस प्रवृत्तिको अन्त्य हुनसक्छ ।   

नेपालको अनुदार कर्मचारी तन्त्रमा व्याप्त भ्रष्ट, अकर्मण्य, र काइते मानसिकता अन्त्य गर्ने प्रयास गर्नुको साटो राजनीतिक नेतृत्व त्यही प्रवृत्तिको ब्याज खान बढी लालयित देखिन्छ । अग्रगामी सुधारका सबै प्रयत्नहरू विफल हुने मूल कारण यही हो । 

ठिमुराको ठेकेदारको राजनीतिक पहुँच नभए कमजोरी र बदमासीअनुसार सजाय पनि पाउन सक्छन् । नभए ‘लड्डु लडे झिल्ली झरे’ नै चरितार्थ हुने हो । सम्बन्धित प्राविधिक र प्रशासनिक कर्मचारीले समयैमा निरीक्षण, अनुगमनको दायित्व पूरा गरेको भए एउटै पुल पटकपटक यसरी पक्कै भत्किने थिएन । 

पारदर्शितासँग तर्सँदैन भने सरकारले यस्ता घटनाको निष्पक्ष छानबिन गराउने र भविष्यमा दोहोरिन नदिने व्यवस्था मिलाउनुपर्छ । अब पुलको बाँकी काम छिटो र गुणस्तरयुक्त हुने सुनिश्चित होस् । साथै, यस दुर्घटनाका दोषी सबैलाई यथोचित दण्ड दिएर घटनाको यथार्थ विवरण सार्वजनिक गरियोस् ।          
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  १५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC