site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विश्वका दश व्यस्त विमानस्थलमध्ये सात चीनका, अमेरिकालाई पछि पार्‍यो चीनले 
Ghorahi CementGhorahi Cement

सीएनएन । २०२० मा पहिलोपटक विश्वका दश सबैभन्दा व्यस्त विमानस्थलमध्ये सातवटा चीनका परेका छन् । पछिल्लो २२ वर्षदेखि शिर्ष स्थानमा रहँदै आएको अमेरिकाको हार्ट्सफिल्ड–ज्याक्सन अट्लान्टा इन्टरनेस्नल एयरपोर्टलाई पछि पार्दै चीनको ग्वाङजाउ बाइयुन इन्टरनेशनल एयरपोर्ट २०२० को सबैभन्दा व्यस्त विमानस्थलमा बनेको हो । २०१९ मा ११ औँ स्थानबाट यो अचानक गत वर्ष १ नम्बरमा आएको हो । 

बिहीबार एयरपोर्टस् काउन्सील इन्टरनेसनल (एसीआइ)ले सार्वजनिक गरेको रिपोर्टको तथ्यांकमा यस्तो देखिएको हो । रिपोर्टमा अघिल्लो वर्ष, यात्रुहरुको सङ्ख्यादेखि विमानहरुको उडान सबैमा ठूलो उतारचढाव देखिएको हो भने शीर्ष १० को सूचीमा चीनले सबैभन्दा धेरै स्थान हासिल गरेको छ । 

Agni Group

कोभिड महामारी अझै विश्वका धेरै क्षेत्रहरुमा हावी अवस्थामै रहेका कारण पनि यसपटकको शीर्ष १० सूचीमा दशककै फरक रहेको थियो । 

२०२० मा चीनको ग्वाङजाउको विमानस्थलले विश्वकै सबैभन्दा धेरै, ४ करोड ३८ लाख यात्रुहरु उडाएको छ जुन २०१९ को तुलनामा ४० प्रतिशत कम हो । दोस्रो स्थानमा रहेको अमेरिकाको अटलान्टाले चाहिँ २०२० मा ४ करोड २९ लाख यात्रुलाई सेवा दिएको छ ।

Global Ime bank

महामारीबाट उम्किसकेपछि भने अट्लान्टाले पुनः आफ्नो पहिलो स्थान प्राप्त गर्ने सम्भावना रहेको एसीआइका प्याट्रिक लुकस बताउँछन् । २०२० का व्यस्त विमानस्थलहरुमा चिनियाँ सहर छेङ्दु, सेनजेन, कुनमिङ, सांघाइ र जिआनका विमानस्थल पनि शीर्ष दशमा परेका हुन् । बेइजिङको क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थल २०१९ मा दोस्रो स्थानमा थियो तर यसपटक छैठौँमा परेको छ । 

डोमेस्टिक उडान धेरै देशहरुमा राम्ररी सञ्चालनमा आउन थाले पनि अन्तर्राष्ट्रिय यात्रामा चाहिँ अझै पनि अधिकांशले कडाइ नै अपनाइरहेका छन् । यसकारण पनि व्यस्त विमानस्थलहरुको सूचीमा चीनले सबैभन्दा धेरै स्थान प्राप्त गरेको बताइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  ०८:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC