site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
१५ वर्षसम्म काममा नगइ ६ लाख ५० हजार डलर पारिश्रमिक लिएको खुलासा 
Ghorahi CementGhorahi Cement

भेनिस । ‘उनले एक दिन होइन जीवनभर बिदा लिए’ । इटलीमा एक अस्पतालका कर्मचारीले पछिल्लो १५ वर्ष एक पटक पनि काममा नगइ ६ लाख ४८ हजार डलर पारिश्रमिक लिएको खुलासा भएको छ । 

६६ वर्षीया स्कुमेस स्याल्भटोरलाई ‘बिदाको राजा’ नाम दिइएको छ । उनीमाथि अहिले पदको दुरुपयोग, ठगी र योजनाबद्ध कानुन उल्लंघनलगायत विभिन्न अभियोग लागेको इटालियन समाचार एजेन्सी अन्साले मंगलबार रिपोर्ट गरेको हो । 

Agni Group

दक्षिणतर्फको शहर केन्टेनजारोमा रहेको सिअसिओ अस्पतालमा उनले २००५ देखि काम गर्न छाडिसकेको आरोप रहेको छ ।

अहिले उनीमाथि अनुसन्धान भइरहेको छ । उनका साथै उक्त अस्पतालका ६ म्यानेजरहरुमाथि पनि यस घटनासँग सम्बन्धित भएकामा अनुसन्धान भइरहेको छ । 

Global Ime bank

इटलीको सार्वजनिक क्षेत्रमा सम्भावित ठगी र काममा लामो अनुपस्थितिबारे प्रहरीले धेरै अगाडिदेखि अनुसन्धान गरिरहेको थियो जसमार्फत नै यो घटनाबारे खुलासा भएको हो । 

अनुसन्धानमा परेकी ती कामदार सरकारी कर्मचारी थिइन् र २००५ मा उनलाई नियुक्त गरिएको थियो । तर उनी त्यसै समयदेखि काममा जान छाडिसकेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनको अनुपस्थिति अन्य कामदारहरुले पनि कहिल्यै याद गरेका थिएनन् । 

गार्जियनले रिपोर्ट गरे अनुसार ती अभियोगीले अस्पतालका निर्देषकलाई आफ्नो अनुपस्थितिबारे कतै रिपोर्ट नगर्न धम्की समेत दिएकी थिइन् । र रिटायरमेन्टपछि पनि उनले लगातार आफ्नो पारिश्रमिक लिइरहने गरेकी थिइन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  ०८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC