site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मोदी सरकारले विभेदपूर्ण खोप नीति लिएको कांग्रेस अध्यक्ष गान्धीको आरोप
Ghorahi CementGhorahi Cement

नयाँ दिल्ली । भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले कोरोना भाइरसविरुद्धको खोप नीति विभेदपूर्ण रहेको भन्दै सरकारको आलोचना गरेकी छन् । प्रधानमन्त्री नरेन्द्र मोदीलाई एकपत्र लेखेर गान्धीले सरकारको खोप नीति एकपक्षीय र विभेदपूर्ण रहेको भन्दै यसलाई तत्काल रोक्न आग्रह गरेकी हुन् ।

नयाँ खोप नीतिले १८ देखि ४५ वर्ष उमेरका सबै भारतीय नागरिकलाई निःशुल्क खोप दिने उत्तरदायित्वबाट सरकारलाई छुट दिएको उनको आरोप छ ।

Agni Group

“यो आश्चर्यको कुरा हो कि गत वर्षको कठोर पाठ र नागरिकले पाएको दुखका बाबजुद सरकारले विभेदपूर्ण नीति अुनशरण गरिरहेको छ,” पत्रमा उनले लेखेकी छन्, “नयाँ नीतिबाट सरकारले १८ देखि ४५ वर्ष उमेरका नागरिकलाई निःशुल्क खोप प्रदान गर्ने जिम्मेवारी त्यागेको संकेत गर्छ ।”

केन्द्र सरकारले सोमबार १८ देखि ४५ वर्ष उमेरका सबै युवाले मार्च १ देखि कोरोना भाइरसविरुद्धको खोप लगाउन पाउने घोषणा गरेको थियो । खोप उत्पादक सेरम इन्स्टिच्युटले बुधबार राज्य सरकारका लागि प्रतिडोज खोपको मूल्य ४०० र निजी अस्पतालका लागि ६०० तोकेपछि सरकारको नीतिको विरोध भएको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  १८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC