site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जापानविरुद्धको यौन शोषण सम्बन्धी मुद्दा दक्षिण कोरियाली अदालतद्वारा खारेज
तस्बिर : राेयटर्स
Sarbottam CementSarbottam Cement

सिओल । यौन शोषणमा परेका दक्षिण कोरियाका पीडितहरूले जापानसँग गरेको क्षतिपूर्ति माग यहाँको एक अदालतले खारेज गरिदिएकाे छ । युद्धकालमा यौन शोषण गरेको भन्दै पीडितहरूले क्षतिपूर्तिका लागि गरेको मागलाई अदालतले अस्वीकार गरिदिएको हो ।

अदालतले जापान सरकारलाई अन्तर्राष्ट्रिय कानुनको सिद्धान्तअनुसार नागरिक क्षेत्राधिकारबाट माफी दिनुपर्ने फैसला सुनाएको दक्षिण कोरियाली समाचार एजेन्सीलाई उदृत गर्दै अलजजिराले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सन् २०१३ मा युद्धकालमा यौन शोषणमा परेका १२ जना महिलाले जापान सरकारविरुद्ध मुद्दा दायर गरेका थिए । गत जनवरीमा प्रत्येक पीडितलाई ८९ हजार अमेरिकी डलर क्षतिपूर्ति दिन आदेश दिएको अदालतले नै अहिले फरक निर्णय सुनाएको हो ।

युद्धकालको सबै क्षतिपूर्ति सन् १९६५ को सन्धीअनुसार तिरिएको भन्दै जापानले सो निर्णयप्रति आपत्ति जनाएको थियो ।

Global Ime bank

दुवै देशले सन् २०१५ मा एक सम्झौतामार्फत विवाद समाप्त गर्न सहमति जनाएका थिए । तर सन् २०१७ मा दक्षिण कोरियाका प्रधानमन्त्री मुन जाई–इनले सो सम्झौतालाई अमान्य घोषणा गरेपछि जापानले औपचारिक रूपमा माफी माग्दै यौन शोषणमा परेका पीडितको सहयोगमा ९६ लाख डलर सहयोग गरेको थियो ।

सन् १९१० देखि १९४५ सम्म जापानले कोरियाली प्रायद्वीप औपनिवेशिक शासन गरेको थियो । सो समयमा हालका दुवै कोरियाली देशका गरी दुई लाख बढी महिला र  युवतीको यौन शोषण भएको अनुमान गरिएको छ ।

अधिकारकर्मीहरूले अदालतको बुधबारको फैसलाको आलोचना गरेका छन् । एम्नेस्टी इन्टरनेसनलले फैसलाले पीडित र उनीहरूका परिवारलाई न्याय नगरेको भन्दै फैसला निराशाजनक रहेको प्रतिक्रिया दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  १३:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC