site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

सरकारले सोमबार जारी गरेको ‘सङ्क्रमण रोकथाम र नियन्त्रण आदेश सबैभन्दा पहिले प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्नै सरकारी निवासबाट उल्लङ्घन गर्न थालेका छन् ।  यो  शृङ्खला कहाँसम्म पुग्ला यसै भन्न सकिँदैन । तर, महामारी रोकथामका लागि जारी सरकारी आदेशको सार्वजनिकरूपमा आफैँले उल्लङ्घन गरेर यस्तो गैरजिम्मेवारी देखाउने प्रधानमन्त्री भने संसारमा बिरलै होलान् । 

प्रधानमन्त्री ओली आफैँले सरकारी निर्देशिकाले निषेध गरेको कार्यक्रममा सहभागी भएर सङ्क्रमणको जोखिम बढाउने काम गरे । चितवनको अयोध्यापुरीमा सीता रामको मूर्ति पठाउने नाममा सङ्क्रमणको जोखिम बढाउने काम सरकारले नै गर्‍यो ।

अहिले नै माडीमा मूर्ति नपठाई नहुने त पक्कै थिएन । दलगत राजनीतिक लाभका लागि राज्यको कोष खर्चेर गरिने सङ्क्रमणको जोखिम बढाउनु अक्षम्य अपराध  हो ।

Agni Group

गत वर्ष विशेषतः मन्त्रीहरूले महामारी फैलन सक्ने जोखिमकै निषेध गरेर बसे । महामारी फैलनै थालेपछि भने एकाएक बन्दाबन्दी थोपरिदिए । शारीरिक श्रम गरेर गुजारा चलाउनेहरूले विचार गर्नै भ्याएनन् । सरकारले सहायताका नाममा झारा टार्ने काममात्र गर्‍यो । अर्कातिर, स्वास्थ्य सामग्री खरिदका नाममा अर्बौं रूपियाँ अनियमितता गरियो ।  

यस वर्ष सङ्क्रमणको दोस्रो लहरको थालनीमा केही अलमल भए पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय बढी जिम्मेवार देखिएको छ । सम्भवतः गत वर्षको अनुभव र त्यसभन्दा पनि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बदलिएका कारण मन्त्रालय बढी जिम्मेवार देखिएको हो । तर, प्रधानमन्त्री, शिक्षामन्त्री, पर्यटनमन्त्रीलगायतले भने अहिले पनि उस्तै गैरजिम्मेवार प्रवृत्ति देखाए ।  

Global Ime bank

प्रधानमन्त्री खड्गप्रसाद ओलीले गत वर्ष कोभिड-१९ सङ्क्रमणका सन्दर्भमा जनतालाई ‘स्वतन्त्रता कि जीवन’ मध्ये एउटा रोज्नु भनेका थिए । अहिले अब उनले उत्तर दिनुपर्छ - सत्ता स्वार्थमा गैरजिम्मेवार बन्ने कि जनताको जीवन रोज्ने ? हुनत, सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड जारी गरेकै दिनसमेत उनले त्यसको उल्लङ्घन गरेर आफ्नो रोजाइ भने देखाइसकेको छन् । 

सरकारी निर्णय उल्लङ्घन गर्दै भिड बढाएका कारण समुदायसम्म सङ्क्रमण फैलन सक्ने जोखिम बढाउने प्रधानमन्त्रीलगायतका सरकारी अधिकारीको गैरजिम्मेवार आचरण  निन्दनीय छ ।  तिनको यस्तो  हेलचेक्य्राइँबाट कोभिड-१९ को महामारीले भयावहरूप लिनसक्ने जोखिम बढाएको छ ।

प्रधानमन्त्री, मन्त्रीहरूले नै पालना नगर्ने हो भने सरकारी मापदण्ड जनसाधारणले पालना गर्ने अपेक्षा त गर्न मिल्दैन । तर, जनस्वास्थ्यको विषय हुनाले ‘सङ्क्रमण रोकथाम र नियन्त्रण आदेश’ पालना गरेर हामी भने जिम्मेवार बन्नुपर्छ ।  

महामारीको जोखिममा पनि शठता देखाउने शासकलाई सजाय गर्दै गरौँला तर हामी जनता जिम्मेवार बनौ । स्वास्थ्य सुरक्षा र सावधानीका मापदण्ड पालना गरौँ । कानुन कार्यान्वयन गर्ने निकायले आफ्नो धर्म पालना गरोस् । जनता आफैँले आफू, परिवार र समुदायलाई जोगाउनुबाहेक अरू उपाय देखिँदैन । 

 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  ११:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC