site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
म्यानमार सेनाले सार्वजनिक गर्‍यो प्रदर्शनकारीको विभत्स तस्बिर  
Sarbottam CementSarbottam Cement

नेपित । म्यानमारमा रहेको एक पर्यवेक्षक समूहले सैन्य ‘कू’को विरोध गर्ने प्रदर्शनकारीको हत्या र यातनाका विषयमा चिन्ता व्यक्त गर्दै कारबाहीका लागि अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेको छ । आइतबार साँझ सेनाको स्वामित्वमा रहेको टेलिभिजन एमआरटीभिले पक्राउ परेका ६ प्रदर्शनकारीको विभत्स फोटो सार्वजनितक गरेको थियो ।

शनिबार दिउँसो २ बजे यांकिनको सरकारी कार्यालयमा बम प्रहार गरेको आरोपमा सेनाले २ महिला र ४ पुरुषलाई पक्राउ गरेको थियो । आइतबार तस्बिर  सार्वजनिक गर्दै सेनाले उनीहरुविरुद्ध बम विस्फोट गराएको आरोप लगाएको अलजजिराले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सार्वजनिक तस्बिरमा उनीहरुको अनुहारभरी रगत लतपतिएको देखिन्छ भने एक महिलाको च्यापुमा गम्भिर चोटसमेत लागेको देखिन्छ । 

“यो सैन्य जुन्ताले यातनालाई आफ्नो नीति बनाएको छ,” असिस्टेन्ट एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)ले ट्विटमा लेखेको छ, “अन्तर्राष्ट्रिय समुदायले यसविरुद्ध तत्काल कदम नचाल्ने हो भने हत्या र यातना जारी रहने निश्चित छ ।”

Global Ime bank

एएपीपीका अनुसार गत फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिए यता हालसम्म ७३७ जनाले ज्यान गुमाइसकेका छन् भने ३ हजार २२९ जना सेनाको नियन्त्रणमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC