site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
दिल्लीमा ६ दिनका लागि पूर्ण लकडाउन
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । भारतको दिल्लीमा आज सोमबार रातिदेखि आगामी सोमबार बिहानसम्मका लागि लकडाउनको घोषणा गरिएको छ । 
आज राति १० बजेदेखि अप्रिल २६ बिहान ५ बजेसम्मका लागि दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले पूर्ण लकडाउनको घोषणा गरेका हुन् ।

पछिल्लो एकसातादेखि रात्रिकालीन कर्फ्यु लगाइएको राजधानी दिल्लीमा संक्रमणदर २९.७४ प्रतिशत पुगेसँगै पूर्ण लकडाउनको घोषणा गरिएको हो । यसअघि अप्रिल ३० सम्मका लागि यहाँ रात्रिकालीन कर्फ्यू लगाइएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

आज बिहान लेफ्टिनेन्ट अनिल बैजाल र मुख्यमन्त्री केजरीवालबीच भएको छलफलपछि ६ दिनका लागि पूर्ण लकडाउनको घोषणा गरिएको बिजनेश टुडेले जनाएको छ ।

अप्रिल १५ मा मात्र दिल्लीमा सप्ताहन्तमा कर्फ्युको घोषणा गरी सपिङ मल, जिम सेन्टर, स्पा, सभाहल आदि बन्द गर्न निर्देशन दिइएको थियो ।

Global Ime bank

आइतबार मात्र दिल्लीमा २५ हजारभन्दा बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि हुँदा १६१ जनाको मृत्यु भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC