site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
‘विश्वका धनाड्यका कारण जलवायु परिवर्तनमा समस्या’ 
Sarbottam CementSarbottam Cement

बीबीसी । जलवायु परिवर्तनको समस्यासँग सामना गर्न विश्वका धनीहरूले आफ्नो जीवनशैलीमा आमूल परिवर्तन गर्नुपर्ने एक अध्ययनले देखाएको छ । मानव व्यवहार र वातावरणको सम्बन्धको विषयमा बेलायतस्थित क्याम्ब्रिज सस्टेनिबिलिटी कमिसनका ३१ शोधकर्ताले गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो ।

शोधकर्ताहरूलाई कार्बन उत्सर्जन कम गर्ने सबैभन्दा प्रभावकारी उपाय पत्ता लगाउन अध्ययनमा खटाइएको थियो । अध्यनपछि उनीहरूले एसयूभी चालक र धेरै उडान भर्ने विमानलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिएका हुनु । 

रिपोर्टमा बेलायत फिर्ता हुने उडानमा लाग्ने शुल्क खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आग्रह गर्दै हरित गृह अनुदान योजना पुनः कार्यान्वयन गर्न बेलायत सरकारसँग आग्रह गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, उनीहरूले विश्वका धनाड्यहरूलाई आफ्नो घरको ऊर्जा खपतमा कमी ल्याउन राजी गराउनुपर्नेमा जोड दिएका छन् ।

संयुक्त राष्ट्रसंघकाअनुसार विश्वका ५० प्रतिशत सबैभन्दा गरिबको तुलनामा  विश्वका सबैभन्दा धनी एक प्रतिशतले दुई गुणा बढी कार्बन उत्सर्जन गरिरहेका छन् । सन् १९९० देखि सन् २०१५ को बिचमा ‘प्रदूषक कुलीन वर्ग’ भनिने सबैभन्दा धनी पाँच प्रतिशतका कारण ३७ प्रतिशत कार्बन उत्सर्जनमा वृद्धि भएको छ ।

Global Ime bank

“हामीले ऊर्जाको प्रयोगलाई कम गर्नुपर्छ । त्यसको सुरुवात धेरै कार्बन उत्सर्जन गर्ने ‘प्रदूषक कुलीन वर्ग’बाटै गर्नुपर्छ,” प्रतिवेदनका प्रमुख लेखक प्रो. पिटर नेवेलले भने, “सबैभन्दा धेरै हवाई उडान गर्ने, ठूल्ठूला कार चलाउने र सहज रूपमा धेरै ताप खपत गर्ने उनीहरू नै हुन् ।”

“धेरै उडान गर्ने धनीहरूलाई लाग्न सक्छ की उनीहरू वृक्षारोपण गरेर आफूले गरेको कार्बन उत्सर्जन कम गर्न सक्छन् । तर यो योजना निकै विवादास्पद छ र समयसँगै यसलाई सिद्ध गर्न पनि सकिँदैन,” नेवेलले भने ।

कन्जर्भेटिभ इनभाएरमेन्ट नेटवर्कका साम हल भने जीवनशैलीमा परिवर्तनले मात्र समाधान नहुने बताउँछन् । उनी भन्छन्, “भारी जरिवाना गर्नु वा जीवनशैलीमा प्रतिबन्ध गर्नुभन्दा क्लिन टेक्नोलोजीलाई प्रोत्साहित गर्नु बढी प्रभावकारी हुनसक्छ  ।”

प्रो. नेवेलको विचारमा विद्यमान राजनीतिक संरचनाले सम्पन्न व्यक्ति र फार्महरूलाई आवश्यक सामाजिक परिवर्तनकोविरुद्ध पैरवी गर्ने अनुमति दिन्छ, जसले धनीहरूकै जीवनशैली नष्ट गर्न सक्छ ।

भारत लगायतका गरिब देशहरूले धनी देशको तुलनामा आफ्नो देशको कार्बन उत्सर्जन निकै कम भएको भन्दै प्रदूषण बढाउन अनुमति पाउनुपर्ने तर्क गर्दै आएका छन् ।

जलवायु परिवर्तनसँग जुध्न निष्पक्ष हुने विषयमा लामो समयदेखि जारी छलफलमा सार्वजनिक भएको यो प्रतिवेदनलाई नवीन उपलब्धी मानिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  ०७:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC