site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतको कुम्भ मेलामा सहभागी झन्डै १३ सयजनामा कोरोना 
तस्बिर : ईपीए ।
Sarbottam CementSarbottam Cement

देहरादुन । भारतको उत्तराखण्ड राज्यमा जारी कुम्भ मेलामा सहभागी झन्डै १३ सयजनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । हरिद्वार जिल्लामा अप्रिल १० तारिखदेखि सुरु भएको कुम्भ मेलामा सहभागीमध्ये एक हजार २७८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको प्रमुख मेडिकल अधिकृत डा. एसके झाले बताएका छन् ।

अप्रिल १३ र १४ मा मेलामा सहभागीहरुको परीक्षणको तथ्यांक आइनसकेकाले यो संख्या थप बढ्ने जनाइएको छ । उत्तराखण्डको उच्च अदालतले दैनिक कम्तीमा ५० हजारको कोरोना परीक्षण गर्न र प्रत्येक तीर्थयात्रीले अनिवार्य पीसीआर नेगेटिभ रिपोर्ट पेस गर्न निर्देशन दिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

मेलामा दैनिक औसत ३० लाखले शाही स्नान गरिरहेका कुम्भ मेलाका इन्चार्ज प्रहरी महानिरीक्षक सन्जय गुन्जायललाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ । मेला सुरु भएयता हालसम्म दुई लाख २८ हजार ६५० एन्टिजेन, पीसीआर र ट्रु–नाट विधिबाट कोरोना परीक्षण गरिएको राज्यको स्वास्थ्य विभागले जनाएको छ ।

कोरोना संक्रमितको संख्या दैनिक बढे पनि अधिकारीहरुले भने कुम्भ मेला नछोट्ट्याउने बताएका छन् । हरिद्वारका जिल्ला मजिस्ट्रेट तथा कुम्भ मेलाका अधिकारी दीपक रावतका अनुसार मेला छोट्ट्याउने विषयमा कुनै छलफल नभएकाले मेला अप्रिल ३० सम्म चल्नेछ ।

Global Ime bank

कुम्भ मेलामा सहभागी नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले अप्रिल १२ मा शाही स्नान गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  १२:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC