site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
रगत जम्ने समस्या देखिएपछि जोनसन एन्ड जोनसन खोप लगाउन रोकिँदै
Sarbottam CementSarbottam Cement

वासिङ्टन । जोनसन एन्ड जोनसन कोरोनाविरुद्धको खोपले रगत जम्ने समस्या देखिएपछि अमेरिका, दक्षिण अफ्रिका र युरोपेली संघले खोप लगाउन रोक्ने भएका छन् । खोप लगाएका ६८ लाखमध्ये ६ जनामा रगत जम्ने समस्या देखिएपछि यी देशले अस्थायी रुपमा खोप लगाउन रोक्ने भएका हुन् ।

समस्या देखिएकामध्ये एकजनाको मृत्यु भएको र अर्का एकजनाको अवस्था गम्भीर रहेको अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)ले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

समस्या देखिएका सबै १८ देखि ४८ वर्षका महिला रहेका छन् । खोप लगाएको १३ दिनपछि उनीहरुमा रगत जम्ने समस्या देखिन थालेको थियो । यसअघि, एष्ट्राजेनिका खोप लगाएपछि पनि निकै थोरै मानिसमा यस्तै समस्या देखिएको थियो ।

अमेरिकामा हालसम्म तीन करोड १० लाख बढी मानिस कोरोनाभाइरस संक्रमित भइसकेका छन् भने पाँच लाख ६२ हजारको मृत्यु भइसकेको छ ।

Global Ime bank

दक्षिण अफ्रिकामा रगत जम्ने समस्या नदेखिए पनि यहाँ पनि यो खोप लगाउन रोकिँदै छ । कोरोनाको दक्षिण अफ्रिकी भेरियन्टमा अन्य खोपभन्दा जोनसन एन्ड जोनसन खोप बढी प्रभावकारी देखिएपछि दक्षिण अफ्रिकामा यसले मान्यता पाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८  १५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC