site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारत–पाकिस्तानबीच तनाव थप बढ्ने अमेरिकी गुप्तचर कमिटीको दाबी
तस्बिर : रोयटर्स ।
Ghorahi CementGhorahi Cement

नयाँदिल्ली । भारत र पाकिस्तानबीच थप संकट बढ्ने सम्भावना रहेको अमेरिकी गुप्तचर कमिटीले जनाएको छ । मंगलबार विश्वको सुरक्षा खतराको वार्षिक मूल्यांकन सार्वजनिक गर्दै कमिटीले भारत र पाकिस्तानबीच युद्धको सम्भावना कम रहे पनि संकट बढ्ने दाबी गरेको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले कुनै पनि उक्साहटमा पाकिस्तानमाथि सैन्य कारबाही गर्ने सम्भावना पहिलेको भन्दा धेरै रहेको रिपोर्टमा दाबी गरिएको छ । काश्मिरमा कुनै पनि हिंसा वा चरमपन्थी हमला दुई देशबीच टकरावको कारण बन्न सक्ने रिपोर्टमा जनाइएको छ ।

Agni Group

“कथित वा वास्तविक पाकिस्तानी उक्साहटलाई मोदीले सैनिक बलको साथ प्रतिक्रिया गर्ने सम्भावना विगतमा भन्दा बढी रहेको छ । काश्मिरमा हिंसात्मक अशान्ति वा भारतमा आतंकवादी आक्रमण तनाव बढेको अवस्थामा आणविक हतियार भएका दुई छिमेकी देशबीच संघर्षको कारक बन्न सक्छ,” रिपोर्टमा उल्लेख गरिएको छ ।

“सन् २०२० मेमा चीनले विवादित सीमा क्षेत्र कब्जा गर्‍यो, जुन कैयौँ दशकयताको आक्रामक कदम हो । यो नै दुई देशबीच सन् १९७५ पछि सीमामा भएको सबैभन्दा भीषण झडप हो,” गुप्तचर एजेन्सीका निर्देशकको कार्यालयद्वारा जारी रिपोर्टमा भनिएको छ । हिन्दुस्तान टाइम्सबाट ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८  १४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC