site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

बितेको वर्ष २०७७ को उत्तरार्धतिर केही मत्थर भएको कोभिड(१९ नामको महाव्याधिको सङ्क्रमण  फेरि फैलन थालेको छ । यसपटक गत वर्षका तुलनामा बालबालिकामा सङ्क्रमण बढी देखिएको छ । यसैले  सङ्क्रमण नियन्त्रणमा थप चनाखो हुनु परेको हो ।

भारतमा सङ्क्रमण बढेसँगै नेपालमा पनि सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । पछिल्ला तथ्याङ्कअनुसार २०७७ चैतको अन्तिम अन्तिम दिन पीसीआर परीक्षणमा १० प्रतिशत सङ्क्रमित भेटिएका छन् । यो चिन्ताजनक सङ्ख्या हो । यस्तै, सङ्क्रमितमध्ये बालबालिकाको  अनुपात सरदर १० प्रतिशत छन् ।
    
विद्यालय जाने उमेरका बालबािलकामा कोभिड(१९ को सङ्क्रमण बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ठूला सहरी क्षेत्रमा एक महिना विद्यालय बन्द गर्नुपर्ने सुझाव दिएको छ । निजी विद्यालय सञ्चालकहरूले भने विद्यालय बन्द गर्ने सुझाव अमान्य भन्दै निरन्तर सञ्चालन गर्ने अडान सार्वजनिक गरेका छन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

जनस्वास्थ्य विद्हरूले त झन् सङ्क्रमण बढी देखिएका क्षेत्रमा तुरुन्त विद्यालय बन्द नगरिए भयावह स्थिति उत्पन्न हुनसक्ने चेतावनी दिएका छन् । कोभिड(१९ को नयाँ प्रकार थप घातक भएकाले पनि बालबालिकालाई जोगाउन तत्काल विद्यालय बन्द गर्नुपर्नेमा उनीहरूको जोड छ ।  

सरकार भने कुनै निर्णय गर्नुभन्दा ‘भगवान भरोसे’ रहेको देखिन्छ । राजनीतिक तमासा गर्दा नबढ्ने सङ्क्रमण विद्यालयमा पठनपाठन गर्दामात्र बढ्ने हो भन्ने निजी विद्यालय सञ्चालकहरूको प्रश्नको उत्तर नभएकै कारण सायद सरकार मौन बसेको हुनुपर्छ । परन्तु, स्कुले विद्यार्थीका आमाबाबु त रमिता हेरेर बस्न पक्कै सक्तैनन् । राजनीतिक नेताहरू गैरजिम्मेवार भएकाले हामी किन नहुने भन्न पनि मिल्दैन ।  तिनलाई गैरजिम्मेवारीका लागि पक्कै जनताले दण्ड दिनेछन् ।

Global Ime bank

दस कक्षाको परीक्षालगायत शैक्षिक सत्र समाप्त हुने बेला भएकाले पनि सञ्चालकहरू निजी विद्यालय बन्द नगर्ने अडानमा रहेका हुनुपर्छ । तर, बालबालिकाको जीवनका सामु यी कुनै पनि पक्षले महत्त्व पाउन सक्तैन । विद्यालय बन्द गर्नु कोभिड सङ्क्रमण रोक्ने सर्वोत्तम उपाय हो भने तत्काल पठनपाठन रोकिनुपर्छ ।

गत वर्षजस्तो अहिले स्वास्थ्य मन्त्रालयले देशभरका विद्यालय बन्द गर्नुपर्ने सुझाव भने दिइएको छैन । तर, सङ्क्रमण भयावह भएको क्षेत्रमा विद्यालय बन्द नगरे कोभिड(१९ को प्रकोप देशव्यापी हुनसक्ने विज्ञहरूको चेतावनीलाई सरकारले पनि गम्भीररूपमा लिनुपर्छ । तत्कालका लागि कक्षा ८ सम्म बन्द गरी स्थितिको मूल्याङ्कन गर्नु उचित हुनेछ ।  

निजी विद्यालय सञ्चालकहरूले स्वास्थ्य सावधानी अपनाएर विद्यालय सञ्चालन गरिएको दाबी गरेका छन् । तर, आफ्नो हित अहित थाहा नपाउने उमेरका बालबालिकालाई स्वास्थ्य मापदण्ड पालना गराउन सम्भव देखिँदैन । यसैले निजी विद्यालय सञ्चालकहरूले पनि हठ छाड्नु उचित हुनेछ ।  उनीहरूको जिद्दीका कारण सङ्क्रमण भयावह हुनपुग्यो भने अभिभावकको आक्रोश थाम्न नसकिनेगरी विस्फोट हुनसक्छ । सरकार र निजी विद्यालय सञ्चालकहरूले यसको गम्भीरता मनन गरून् १

विद्यालय सञ्चालकहरूले अभिभावक र स्थानीय तहसँग परामर्श गरेर तत्काल कक्षा ८ सम्मको पढाइ अनलाइनमार्फत् सञ्चालन गरेर विद्यार्थीलाई विद्यालय आउन नपर्ने बनाउन् । उनीहरूलाई अभिभावकले पनि उचित सहयोग गर्नुपर्छ । विद्यालय सञ्चालकले कक्षा बन्द गर्न मञ्जुरी नदिए अभिभावकहरू आफैँ अग्रसर भएर बालबालिकालाई विद्यालय पठाउन बन्द गर्नुपर्ने देखिन्छ । बालबालिकाको जीनव भन्दा राष्ट्र र समाजका लागि बढी महत्त्वपूर्ण केही हुन सक्तैन । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८  १४:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC