site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
के युक्रेनमाथि रुसले आक्रमणको तयारी गर्दैछ ?
तस्बिर : राेयटर्स
Sarbottam CementSarbottam Cement

बीबीसी । रुसको नियन्त्रणमा रहेका क्रिमिया र युक्रेनको पूर्वी क्षेत्रमा मध्य मार्चदेखि रुसले सैन्य संख्या बढाइरहेको युक्रेन र पश्चिमा सरकारले दाबी गरेका छन् । रुसले युद्धका लागि उक्साउन खोजिरहेको उनीहरूको आरोप छ । यसमा रुसको अभिप्राय के हो भन्ने स्पष्ट छैन । यद्यपि पछिल्लो समय विकसित घटनाक्रमका बारेमा यहाँ केही जानकारी दिने प्रयास गरिएको छ ।

के युक्रेनमाथि आक्रमणको तयारी गर्दैछ रुस ?
युक्रेनको पूर्वी सीमा र क्रिमियामा रुसले सैन्य गतिविधि बढाएको समाचारहरू प्रकाशित भएका छन् । क्रिमियाको सेनासहित केही रुसी सेनाले अभ्यास गरिरहेका जनाइएको छ । तर राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले भने रुसी सीमाभित्र सेना परिचालन रुसको आन्तरिक मामला भएको भन्दै त्यसमा कसैले चासो देखाउन आवश्यक नरहेको बताएका छन् ।

रुसले करिब १४ हजारको संख्यामा सेना हुने १६ बटालियन रणनीतिक समूह थप  गरेको युक्रेनी जासुसी स्रोतलाई उदृत गर्दै समाचारमा जनाइएको छ । हाल क्रिमिया र युक्रेनको पूर्वी सीमामा रुसले ४०/४० हजार सेना परिचालन गरेको युक्रेनको दाबी छ । 
त्यसो भए के यो आक्रमणको तयारी हो ? यस्तो हुन पनि सक्ला । तर ठूलो आक्रमणको सम्भावना भने नरहेको विश्लेषकहरू बताउँछन् । रुसले अधिक प्रयोग गर्ने र विश्वास गर्ने विधि भनेको घुसपैठ हो ।

Prabhu Bank
Agni Group
NIC Asia

रुस किन युक्रेनसँग युद्धको स्थितिमा छ ?
सन् १९९१ मा रुसमा साम्यवाद ‘असफल’ भएपछि रुसी सेनाले तत्कालीन सोभियत संघमा संघर्ष बढेको क्षेत्रमा हस्तक्षेप ग¥यो । रुसले क्रिमिया कब्जा गरेपछि सन् २०१४ अप्रिलमा रुस समर्थित पृथकतावादीले पूर्वी युक्रेनको दोनेस्क र लुहान्स्क क्षेत्र कब्जा ग¥यो । यसअघि युक्रेनको राजधानी कीवमा महिनौं चलेको पश्चिमा समर्थित प्रदर्शनले रुस समर्थित राष्ट्रपति भिक्टर यनुकोभ्याचलाई सत्ताबाट हटाएको थियो । यो घटनाले यी दुईबीचको सम्बन्धमा थप दरार ल्याएको थियो ।

संघर्ष चलिरहेको डोनबास क्षेत्रका अधिकांश नागरिकसँग रुसी पासपोर्ट छ । रुसी राष्ट्रपति पुटिनले विदेशमा रहेका आफ्ना नागरिक पनि खतरामा परे रुसले प्रतिरक्षा गर्ने बताउँदै आएका छन् । रुस–युक्रेन सम्बन्ध शत्रुतापूर्ण भएपनि युद्धस्तरमा भने बिग्रिसकेको छैन ।

Global Ime bank

यी र अन्य संघर्षमा पनि रुसको साइबर आक्रमण, जीआरयू विशेष दस्ता परिचालन र प्रोपोगान्डाहरू (जसलाई हाइब्रिड वारफेयर भनिएको छ) न त युद्ध हो न त अन्त्य संघर्षहीन अवस्था नै हो ।

रुस र युक्रेनबीच भएको संघर्षको क्रममा हालसम्म १३ हजार बढीको ज्यान गइसकेको छ । सन् २०१४ मा यी दुई देशबीच लडाइँ भएको थियो भने सन् २०१५ मा युद्धविराम गरिएको थियो ।

किन फेरि युक्रेनलाई ‘धम्की’ दिँदैछ रुस ?
रुस र युक्रेनबीचको तनाव बढाउन विभिन्न कारकहरूको भूमिका रहेको विश्लेषकहरूको मत छ । गत  फेब्रुअरीमा युक्रेनका राष्ट्रपति भोलोडिमर जेलेस्कीले युक्रेनका धनी र शक्तिशाली व्यापारी भिक्टर मेडभेडचुकमाथि प्रतिबन्ध लगायो । उनलाई रुसी राष्ट्रपति पुटिनका विशेष मित्र समेत मानिन्छ । रुसले सञ्चालन गरेको तीन वटा टेलिभिजन प्रसारणमा पनि युक्रेनले रोक लगायो ।

यसका अलावा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको तुलनामा रुसप्रति कडा कदम चाल्ने संकेत गरेका जो बाइडेनको पुटिनले परीक्षण गर्न चाहेको केहीको अनुमान छ । बीबीसीबाट

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  १६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC