site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ताइवानकाे हवाई क्षेत्रमा चीनले उडायो अहिलेसम्मकै धेरै लडाकु विमान !
तस्बिर : एजेन्सी
Sarbottam CementSarbottam Cement

ताइपेई । ताइवानले आफ्नो हवाई क्षेत्रमा अहिलेसम्मकै धेरै चिनियाँ लडाकु विमान प्रवेश गरेको बताएको छ । सोमबार लडाकु र परमाणु–सक्षम बमवर्षकसहित २५ चिनियाँ विमान आफ्नो ‘वायु रक्षा पहिचान क्षेत्र’मा प्रवेश गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।

चीनले ताइवानलाई आफ्नै हिस्सा मान्दै आएको छ भने ताइवानले आफूलाई सार्वभौम राष्ट्रका रूपमा लिने गरेको छ । अमेरिकाले पनि ताइवानमा हस्तक्षेप नगर्न भन्दै चीनलाई चेतावनी दिने गरेको छ । अमेरिकी चेतावनीका बाबजुद चिनियाँ विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

चिनको पछिल्लो मिसनमा १८ लडाकु विमान, परमाणविक हतियार बोक्न सक्ने ४ बमवर्षक, पनडुब्बीको आक्रमण रोक्ने २ विमान र प्रारम्भिक चेतावनी दिने एक विमान रहेको ताइवानले जनाएको छ ।

चिनियाँ विमानलाई चेतावनी दिन आफूहरूले लडाकु विमान र निगरानीका लागि मिसाइल सिस्टम तैनाथ गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।

Global Ime bank

पछिल्लो समय चीनले ताइवानको दक्षिणी भाग र दक्षिण चीन सागरको बीचको अन्तर्राष्ट्रिय जल क्षेत्रमा नियमितजसो उडान भरिरहेको छ । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  ११:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC