site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अमेजन युनियनमा भएको हारले बाइडेनका लागि के अर्थ राख्छ ?
Ghorahi CementGhorahi Cement

वासिङ्टन । करिब ६ हप्ताअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्विटरमा एउटा भिडियो पोष्ट गर्दै अलबामामा रहेको अमेजनका कर्मचारीलाई संगठन निर्माण गर्न प्रेरित गरे ।

त, शुक्रबार उक्त प्रयास विफल भएपछि भने उनी मौन रहे । उनले न कुनै विज्ञप्ति जारे गरे, न कुुनै भिडियो प्रसारण गरे, न त कुनै प्रतिक्रिया नै जनाए । राष्ट्रिय श्रम सम्बन्ध बोर्डले आधिकारिक नतिजा सार्वजनिक नगरेसम्म बाइडेन यस विषयमा नबोल्ने ह्वाइट हाउसकी प्रेस सचिव जेनिफर साकीले बताइन् ।

वर्तमान इतिहासमा अन्य राष्ट्रपतिले भन्दा बाइडेनले संगठित श्रमको प्रचार गर्न आफ्नो मञ्चको उपयोग गरे । बाइडेनको सो फैसलाले निम्त्याउन सक्ने खतरालाई निर्वाचनको नतिजाको उजागर गरेको छ । मजदुरहरुले राष्ट्रपतिको प्रभावको सीमा र अपेक्षाकृत ढिला तौलने उनको निर्णयलाई उजागर गर्दै संगठन निर्माणको प्रस्तावलाई ठूलो मत अन्तरले अस्वीकार गरिदिए ।

Agni Group

“राष्ट्रपतिको भिडियोको कारण मात्र नभइ हामीले निकै पहिले नै संगठन निर्माणको प्रयास गरेको भए सायद हाम्रो लागि सहयोगी हुने थियो,” अमेजनमा सांगठनिक नेतृत्व गरेका खुद्रा, थोक तथा डिपार्टमेन्ट स्टोर युनियन (आरडब्लूडीएसयू)का अध्यक्ष स्टुअर्ट एपेलबामले भने ।

श्रमीक नेता तथा अधिकारकर्मीहरुले भने अभियानलाई साथ दिएको भन्दै बाइडेनको प्रशंसा गरेका छन् । उनीहरुकाअनुसार बाइडेनको कदमले मजदुर–वर्गका मतदातामा उनीप्रतिको समर्थन वृद्धि भएको छ ।

Global Ime bank

बाइडेनको यो कदम नागरिक अधिकार र श्रमिक अधिकारप्रति आफ्नो प्रतिबद्धतालाई इंगित गर्ने एक तरिका पनि भएको उनीहरु बताउँछन् । ‘बेसमरको गोदाम’ (अमेजन)मा काम गर्ने अधिकांश कामदार काला वर्णका छन् । “बेसमरमा कुनै यस्तो कुराको सुरुवात भएको छ, जसलाई कसैले रोक्न सक्ने छैन,” नागरिक अधिकारकर्मी विलियम जे. बार्बर द्धितियले भने ।

श्रमीक वर्गका मतदाताको समर्थन तान्ने रिपब्लिकन र डेमोक्रयाटको प्रतिस्पर्धामा अघि आएका बाइडेनका लागि यो नतिजा मिश्रीत प्रकारको छ । अर्को शब्दमा उनी ठूला व्यवसायीको विरुद्धमा स्ट्यान्ड लिने र ट्रम्प कार्यकाल पछि नयाँ जनवाद (न्यू पपुलिजम)लाई परिभाषित गर्दैछन् ।

सामाजिक मुद्दाहरुमा उभिने कम्पनीहरुमाथि रिपब्लिकन पार्टीले निरन्तर आक्रमण गर्यो । एटलान्टास्थित फर्महरुले केही समयअघि रिपब्लिकन पार्टीले जर्जियामा प्रायोजन गरेको मतदानसम्बन्धी कानुनको आलोचना गरे । सिनेटर मार्को रुबियोले अमेजनमा भएको संगठन निर्माणको प्रयासको समर्थन गरे । उनको शब्दमा अमेजनको नेतृत्वले श्रमीक वर्गको मूल्यविरुद्ध सँस्कृती युद्ध सुरु गर्ने निर्णय गर्यो ।यसैबीचमा बाइडेनले संगठनलाई अँगाल्ने मार्गमा डेमोक्रयाटलाई डोहोर्याए र न्यूनतम पारिश्रमीक वृद्धिको विषयमा समर्थन जनाए ।

दक्षिणी क्षेत्रमा ठूला राजनीतिक र सामाजिक उथल–पुथलको पृष्ठभूमीको विरुद्ध संगठनको मत आएको छ । जर्जिया मतदान कानुनले डेमोक्रयाटबाट व्यापक प्रतिक्रिया पाएको छ र आर्थिक बहिष्कारको माग हुन थालेको छ ।

उदार नेता र संगठन प्रमुखका लागि एक राष्ट्रिय र्याली बनेको तर अमेजन युनियन ड्राइभमा शुक्रबार बाइडेनसँग बोल्ने कुरा केही थिएन । ह्वाइट हाउसले मतदानलाई नियालीरहेको भने थियो । जूममा भएको एउटा मिटिङमा बाइडेनको श्रमीक समूहका एक सदस्यले भोट गनिरहेको देखाएका थिए । यद्यपि सार्वजनिक रुपमा भने दूरी कायम गरिएको छ ।

मतदानमा ३ हजारभन्दा बढी श्रमीकको सहभागिता थियो । संगठीत हुने प्रस्तावको विपक्षमा एक हजार ७९८ जनाले मत दिँदा संगठनको पक्षमा ७३८ जनाले मात्र मत दिएका थिए ।

चुनावी नतिजालाई चुनौती दिन अमेजन र आरडब्लूडीएसयूसँग तीन दिनमात्र बाँकी छ । मतदानमा अमेजनले हस्तक्षेप गरेको भन्दै संगठनले मतपरिणामलाई चुनौती दिने निर्णय गरिसकेको छ । संगठनको प्रयासलाई परास्त गर्न अमेजनले आक्रामक कदम चालेको थियो । तर, कम्पनीले भने त्यस्तो कुनै कदम नचालेको बताउँदै आएको छ ।

गत फेब्रुअरी २८ मा बाइडेनले एउटा भिडियो सार्वजनिक गरे, जसमा उनले अमेजनको नाम नलिई धम्की, जबरजस्ती, संगठन विरोधी प्रचार नगर्न चेतावनी दिएका थिए ।

ह्वाइट हाउसलाई बाहिरी सहयोगीहरुको हप्तौंको अनुरोधपछि उक्त भिडियो सार्वजनिक भएको थियो । यो एउटा बहुस्तरिय उत्पादन प्रकृयाको उत्पादन थियो, जसमा बाइडेन, उनका भाषण लेखक र ह्वाइट हाउसका भावी शीर्ष श्रम सल्लाहकार थिए ।

धेरै अभियानकर्ताका लागि यो संगठनप्रति बाइडेनको समर्पणको स्पष्ट संकेत थियो । बाइडेनले चुनावी अभियानका क्रममा इतिहासमै संगठनलाई अति समर्थन गर्ने राष्ट्रपति बन्ने शपथ खाएका थिए । र उनले व्यक्तिगत र नीतिगत रुपमा पनि त्यसैअनुरुप कदम चाले ।

यी निर्णय सन् २०२० मा श्रमीक वर्गका मतदाताबाट डेमोक्रयाटिक र बाइडेनले लिएका लाभको एक आक्रामक खेलको हिस्सा हुन् । बाइडेनले आफ्नो राजनीतिक पुँजीको प्रयोग गरी उक्त प्रयासलाई अघि बढाएको भन्दै हारपछि पनि संगठनका नेतृत्वकर्ताले बाइडेनको प्रशंसा गरे ।

संगठनका नेताहरुले अब अर्को यस्तो विषय खोजिरहेका छन् जसमा बाइडेनको पूर्ण समर्थन रहनेछ । ह्वाइट हाउसले राम्रो रोजगारी निर्माण गर्न उत्प्रेरकको रुपमा प्रस्ताव तयार गरेको छ । यसमा कामदारको संगठीत हुने क्षमता वृद्धि गर्ने व्यवस्था समेत राखिएको छ । तर बाइडेनले श्रम र पर्यावरणविदको मागलाई सन्तुलन गर्ने जस्ता केही चुनौतीको सामना भने गर्नुपर्नेछ । 

गत वर्ष बाइडेनको चुनावी अभियानमा समर्थन जनाउने संगठनका केही नेताहरु आफ्नो पदोन्नती चाहन्छन् । जुन पछिल्ला केही वर्षहरुमा घटिरहेको छ । अमेजन युनियन ड्राइभ सफल हुन्थ्यो भने यो अमेरिकामा कम्पनीको पहिलो संगठन हुने थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  ०६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC