site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
रुसी खोप ‘स्पुतनिक भी’लाई भारतमा आपतकालीन प्रयोगको अनुमति
तस्बिर : एजेन्सी
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई भारतले आपतकालीन प्रयोगको अनुमति दिएको छ । भारतमा कोभिड–१९ को दोस्रो लहर देखिएसँगै सोमबार रुसले विकास गरेको ‘स्पुतनिक भी’ खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

भारतमा आइतबार मात्र एक लाख ६८ हजार ९१२ जनामा कोरोना संक्रमण देखिएसँगै भारत धेरै संक्रमित हुने दोस्रो देश बनेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

रुसले विकास गरेको यो खोपको प्रभावकारिता ९१.६ प्रतिशत रहेको पाइएको छ । रुसले गत वर्षको अगस्टमा नै यो खोपलाई दर्ता गरेर सार्वजनिक प्रयोगको अनुमति दिइसकेको छ ।

भारतले यो वर्षको तेस्रो त्रैमासदेखि थप पाँच उत्पादकबाट खोप निर्यात गर्ने समाचारहरूमा जनाइएको छ । भारत आफैंले हाल कोभिसिल्ड र कोभ्याक्सिन खोप उत्पादन गरिरहेको छ ।

Global Ime bank

भारतले यो वर्षको अन्त्यसम्ममा जोनसन एण्ड जोनसन, क्याडिला जाइडस, नोभाभेक्स र नासल भ्याक्सिनको प्रयोगलाई समेत अघि बढाउने सम्भावना रहेको समाचारमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  १८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC