site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
आफ्नो परमाणु स्थलमा इजरायलले गरेको आक्रमणको बदला लिने इरानको चेतावनी
तस्बिर : एजेन्सी
Sarbottam CementSarbottam Cement

तेहरान । इरानका विदेशमन्त्रीले आफ्नो भूमिगत परमाणु स्थलमा भएको आक्रमणको बदला लिने चेतावनी दिएका छन् । नातान्ज युरेनियम प्लान्टमा आइतबार ‘परमाणविक आतंकवादी’ले आक्रमण गरेको इरानी अधिकारीरूले बताएका छन् ।

इरानले युरेनियमलाई समृद्ध बनाउन केही समयअघि मात्र नयाँ उन्नत सेन्ट्रिफ्युज सक्रिय गरेको थियो । उक्त आक्रमणमा इरानले इजरायललाई दोष दिँदै आएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

इजरायलले यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन । यद्यपि इजरायलका स्थानीय रेडियोहरूले भने स्रोतलाई उदृत गर्दै उक्त कार्यमा इजरायली खुफिया संस्था मोसादको हात रहेको बताएका छन् । उक्त ‘अपरेसन’मा इरानले उल्लेख गरेभन्दा धेरै क्षति भएको बताइएको छ ।

अमेरिकी खुफिया अधिकारीले न्यूयोर्क टाइम्सलाई बताएअनुसार एक ठूलो विस्फोटले स्वतन्त्र आन्तरिक विद्युत व्यवस्थालाई पूर्ण रूपमा नष्ट गरिदिएको बीबीसीले उल्लेख गरेको छ । उक्त स्थानमा युरेनियम संवद्र्धन गर्न कम्तीमा पनि ९ महिना लाग्ने अनुमान गरिएको छ ।

Global Ime bank

इरानी समाचार संस्था नुरले अनुसन्धान मन्त्रालयको स्रोतलाई उदृत गर्दै विद्युत व्यवस्थामा बाधा पुर्याउने ‘मुख्य अपराधी’को पहिचान भएको र गिरफ्तारीको लागि आवश्यक कदम चालिने उल्लेख गरेको छ । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC