site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
प्रहरीले गोली चलाउँदा अमेरिकामा एक व्यक्तिको मृत्यु
Sarbottam CementSarbottam Cement

बीबीसी । अमेरिकाको मिनिसोटा राज्यमा प्रहरीले गोली चलाउँदा कालो वर्णका एक व्यक्तिको मृत्यु भएपछि स्थिति असामान्य बनेको छ । मिनियापोलिसको उत्तरी क्षेत्रमा अवस्थित ब्रुकलिन सेन्टरको ट्राफिक स्टपमा प्रहरीले काला वर्णका ती व्यक्तिमाथि गोली प्रहार गरेका जनाइएको छ ।

मृत्यु हुने ती व्यक्ति २० वर्षीय डाउन्ट राइट रहेको बताइएको छ । गोली लागेर उनको घटनास्थलमा नै मृत्यु भएको समाचारमा उल्लेख छ । 

Prabhu Bank
Agni Group
NIC Asia

ब्रुकल्याण्ड सेन्टरस्थित प्रहरी मुख्यालयबाहिर सयौं प्रदर्शनकारीले नारा लगाएका बीबीसीले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र ‘स्टर ग्रिनेड’ प्रहार गर्नुका साथै कफ्र्यु लगाएको जनाइएको छ ।

प्रदर्शनकारीले प्रहरीको दुई सवारीसाधनमा ढुंगामुढा गरेका जनाइएको छ । केही क्षेत्रमा लुटपाटसमेत भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

Global Ime bank

प्रहरीले एक विज्ञप्ति जारी गर्दै डाउन्ट राइटले ट्राफिक नियम उल्लंघन गरेको र उनलाई पक्राउ गर्न खोज्दा घटना घटेको जनाएको छ । प्रहरीले पक्राउ गर्न खोज्दा उनी पुनः आफ्नो सवारीमा छिर्न खोजेपछि उनलाई एक प्रहरीले गोली प्रहार गरेका थिए ।

अर्का काला अमेरिकी जर्ज फ्लोयडको हत्याका विषयमा बहस भइरहँदा भएको यो घटनाले मिनियापोलिसको अवस्था तनावपूर्ण बनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  १४:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC