site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

आत्महत्यालाई समाजले पाप, अपराध वा व्यक्तिको मानसिक कमजोरीका रूपमा हेर्ने गरेको छ । परन्तु, यो मनोसामाजिक समस्या र परिस्थितिको उपज हो । संसारमा बर्सेनि दस लाख जनाभन्दा बढीले आफ्नो प्राण लिने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । 

प्रहरीका अनुसार नेपालमा यस आर्थिक वर्षको आठ महिनामा चार हजार ४८३ जनाले आत्महत्या गरेका  छन् । अगिल्लो वर्ष यति नै अवधिमा तीन हजार ५३४ जनाले आफ्नो ज्यान लिएका थिए । अर्थात्, गत वर्षका तुलनामा आत्महत्या गर्नेको संख्या यस वर्ष २६।८५ प्रतिशत बढेको देखिन्छ । 

जनस्वास्थ्यका दृष्टिबाट हेर्ने हो भने यो निकै भयावह अवस्था हो । यद्यपि, यो प्रहरीमा सूचना पुगेको अङ्कमात्र हो । सामाजिक वर्जना र सजायको भयसमेतका कारण मृतकको परिवारले आत्महत्याका घटना सार्वजनिक गर्नसमेत चाहँदैनन् । यसैले आत्महत्याका घटना प्रहरीको अभिलेखमा दर्ता भएको भन्दा धेरै र अवस्था भयावह भएको अनुमान सहजै लगायन सकिन्छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

आत्महत्यालाई नेपाली समाज र राज्यले पनि अझै पनि गम्भीरतापूर्वक लिएको भने देखिँदैन । व्यक्तिले आफ्नो जीवन निरर्थक भएको ठहर गरेपछि आत्महत्याको बाटो रोजेको देखिन्छ । नत्र, सबै प्राणीका लागि सबैभन्दा बढी प्यारो लाग्ने जीवन आफैँ त्याग्न कुन मनुष्य प्रवृत्त हुँदो हो र रु

आत्महत्या उन्मुख व्यक्तिमा निराशा, अवसाद, एकान्तप्रियताजस्ता स‌‍ङ्केत देखिन थाल्नेबित्तिकै परिवारका सदस्यहरू चनाखो हुने हो भने धेरै हदसम्म रोक्न सकिन्छ । तर, आत्महन्ता सबै नै असामान्य प्रवृत्तिका हुन्छन् वा तिनमा असामान्यता देखिन्छ भन्ने  हुँदैन । 

Global Ime bank

जेहोस्, बेलैमा सही हस्तक्षेप हुनसके आत्महत्याका घटना धेरै हदसम्म रोक्न सकिने पुष्टि संसारका विभिन्न देशमा गरिएका अध्ययनबाट भइसकेको छ । यस्ता कार्यक्रममा मनोसामाजिक विमर्शदेखि व्यक्तिलाई आवश्यक सबै प्रकारका सहयोग उपलब्ध गराउनेसम्मका उपायहरू पर्छन् । 

नेपालमा भने आत्महत्यालाई जनस्वास्थ्यको विषयका रूपमा भन्दा मनोसामाजिक समस्या र दण्डनीय अपराधकै रूपमा हेर्ने गरिन्छ । सम्भवतः यही कारणले आत्महत्याको तथ्याङ्क पनि प्रहरीले राख्ने गरेको हो । सफल भए सजाय नहुने तर विफल भए  दण्ड सजाय भोग्नुपर्ने एउटैमात्र ‘अपराध’ आत्महत्या हो ।

नेपालमा आत्महत्याको सङ्ख्याका साथै प्रचलन दर पनि विश्वका तुलनामा बीचतिरै देखिए पनि बचाउन सकिने मानव जीवन खेर जानु पक्कै पनि समाज र राज्यका लागि चिन्ताकै विषय हो । यसैले नेपाल सरकारले बेलैमा यस समस्या सम्बोधन गर्ने उपाय खोज्नु आवश्यक देखिन्छ । आत्महत्यालाई कायरता मान्ने सामाजिक मानसिकतामा सुधार एकातिर आवश्यक छ भने अर्कातिर यसलाई जनस्वास्थ्यको विषय मानेर सरकारले कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्नुपर्छ । 

नीति निर्माताले आत्महत्या रोकथाम जनस्वास्थ्यकै महत्त्वपूर्ण र अभिन्न पक्षका रूपमा स्वीकार गरेर यस विषयमा गम्भीर ध्यान दिनुपर्ने देखिन्छ । आत्महत्यालाई राज्यले अपराधका रूपमा होइन स्वास्थ्य समस्याका रूपमा लिनुपर्छ । यस्तै नेपालमा आत्महत्याका कारण र असरजस्ता विषयमा क्षेत्रगत तथा विधागत अध्ययन अनुसन्धान जरूरी देखिन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  १३:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC