site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
त्रिदेशीय टी–ट्वान्टीपछि एकदिवसीय सिरिज हाम्रो योजना हो 
Ghorahi CementGhorahi Cement

घरेलु मैदानमा वैशाख ४ गतेबाट त्रिकोणात्मक सिरिज हुँदैछ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने सिरिजमा नेदरल्यान्ड, मलेसिया र घरेलु टोली नेपालले प्रतिस्पर्धा गर्दै छन् । करिब १४ महिनापछि नेपाली खेलाडीले घरेलु मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्दैछन् । 

नेपालले अन्तिमपटक आईसीसी डिभिजन–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेलेको थियो ।

त्यसपछि नेपालले थाइल्यान्ड, सिंगापुर र हङकङसँग एसीसी टी–ट्वान्टी कप खेलेको थियो । अब नेपालका लागि यो प्रतियोगिता महत्त्वपूर्ण हुनेछ ।

Agni Group

प्रतियोगिताका हिसाबले मात्र होइन खेलाडी तथा नयाँ प्रशिक्षक डेभ ह्वाट्मोरका लागि पनि नयाँ परीक्षाका रुपमा प्रतियोगितालाई हेरिएको छ । प्रतियोगिताका लागि नेपालले २० सदस्सीय टोली बन्द प्रशिक्षणमा पनि राखिसकेको छ । नयाँ खेलाडीलाई समेट्दै प्रतियोगिताका लागि नेपालले लामो समययता तयारी गरिरहेको छ । 

लामो समयपछि ठूलो प्रतियोगिताको तयारी गरिरहेको क्यानले त्रिकोणात्मक सिरिजलाई भब्य बनाउने योजना बनाएको छ । 
अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितालाई पहिलेको ढाँचाभन्दा केही व्यवस्थित रुपमा सञ्चालन गर्ने क्यानको तयारी छ । प्रतियोगिता वैशाख ४ देखि ११ गतेसम्म हुनेछ । प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्डसँग ४ गते खेल्नेछ । प्रतियोगिता सञ्चालन र क्यानको रणनीति तथा क्यानका आगामी योजनाका विषयमा क्यानका कोषाध्यक्ष रोशन सिंहसँग बाह्रखरीले गरेकाे कुराकानी :
 

Global Ime bank

लामो समयपछि घरेलु मैदानमा हुन लागेको सिरिजको तयारी कस्तो छ ? 

घरेलु मैदानमा १४ महिना पहिले नै आईसीसी डिभिजन–२ अन्तर्गत त्रिकोणात्मक सिरिजपछि पहिलो पटक क्रिकेट सिरिज हुन लागेको हो । यो प्रतियोगिता हामीले समर्थकहरुलाई एक उपहारको रुपमा हेरेका छौं । मैदानको अवस्था पनि राम्रो छ । 

यो प्रतियोगिता नेपालमा भएका अन्तर्राष्ट्रिय प्रतियोगिताभन्दा फरक हुनेछ । फरक यस पाटोमा हुनेछ कि हामी व्यवस्थापनको हिसाबले केही अन्तर्राष्ट्रिय प्रतियोगिताभन्दा कम गर्ने छैनौं ।
 
प्रतियोगितालाई लिएर क्यान कति सजग छ ? 

आयोजकका हिसाबले क्यान प्रतियोगिताका लागि सजग छ । प्रतियोगिताका लागि अहिलेदेखि नै तयारी भइरहेको छ । तयारीका विषयमा हामी सजग छौँ । 

व्यवस्थापनका हिसाबले पनि सजग छौँ । प्रतियोगिता के–कस्तो भयो यसमा के कमजोरी भए भन्ने विषय छुट्याउने समर्थक र मिडियाका साथीहरुलाई जिम्मेवारी सुम्पन्छौं ।
 
प्रतियोगिता व्यवस्थित बनाउन बलियो स्रोत आर्थिक हो, आर्थिक पाटोमा तपाईंहरु कति बलियो हुनुहुन्छ ? 

यो प्रतियोगिताका लागि हामीलाई आर्थिक पाटोमा धेरै सहयोग पुगेको छ । आर्थिक नभएसम्म प्रतियोगिता व्यवस्थित हुन सक्दैन भन्ने कुरामा हामी पनि सजग छौं । त्यसका लागि हामीले स्पोन्सर पनि राम्रो पाएका छौं । आर्थिक रुपमा बलियो नै छौं । 

राष्ट्रिय स्तरमा चर्चा पाएका बजार पल्सर, शिवम सिमेन्टलगायत ठूला कम्पनीले हामीलाई साथ दिएका छन् । क्रिकेट विकासमा यस्तै खाले साथ हामीलाई खाँचो छ जुन मिलेको पनि छ । 

प्रतियोगिताले खेलाडीमा के कुराको विकास ल्याउँछ ? 

यो प्रतियोगिता खेलाडीका लागि महत्त्वपूर्ण छ । महत्त्वपूर्ण यस मानेमा छ कि हामीले खेलाडीको वर्गिकरण गर्ने समय पनि आएको छ । त्यसका लागि खेलाडीको अन्तर्राष्ट्रिय टोलीसँग खेल प्रदर्शन एकवर्ष यता हेर्न पाएका छैनौं । राष्ट्रिय स्तरको प्रदर्शन पनि नभएको होइन । त्यहाँबाट पनि खेलाडीको वर्गिकरणमा सहज पाटो ल्याउने छ । यता लामो समय तयारी गरेका खेलाडीले आफूलाई प्रमाणित गर्ने अवसर पनि हो ।
 
दर्शकको अपेक्षा कस्तो छ ? 

दर्शकले क्रिकेटलाई माया गरेकै छन् । अन्य टेष्ट राष्ट्रहरु बाहेक नेपालमा क्रिकेटको क्रेज बेग्लै देख्न सकिन्छ । त्यसको उदाहरण अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा समर्थकको घुइचो देख्दा नै थाहा हुन्छ । यो पटक पनि दर्शक राम्रै मात्रामा आउने अपेक्षा छ ।

त्यसका लागि हामीले टिकटको मुल्य १५० र ३०० मात्रै राखेका छौं । क्रिकेटमा समर्थकको योगदानको हिसाब र प्रतियोगिता व्यवस्थित होस् भन्ने हिसाबले मात्र हामीले टिकटको मुल्य राखेका हौं ।
 
क्रिकेटमा कोरोनाले पारेको असरलाई कसरी सम्झिनु हुन्छ ? 
प्रतियोगिताका हिसाबले हामीलाई कोरोनाले धेरै कमजोर बनायो । एक वर्षसम्म कोरोनाको कहर चल्यो । तर, यसको असर हामीलाई दुई वर्षपछि धकेलिदिएको छ । कोरोनापछि जे जति प्रतियोगिताहरु भइरहेका छन् त्यो खालका प्रतियोगिता कोरोनाकालमा हुने भनिएको थियो ।
 
राष्ट्रिय स्तरका प्रतियोगिताका लागि क्यानको तयारी कस्तो छ ? 

प्रतियोगिताहरु भइरहेका छन् । कोरोनाका कारण मात्र केही प्रतियोगिताहरु हुन सकेनन् । हाम्रो योजना प्रतियोगिताहरु गर्नु मात्र होइन । 
प्रतियोगिताबाट खेलाडीहरु उत्पादनको विषयदेखि खेलाडीको भविष्यलाई निर्धारण गर्नु पनि हो । क्यानको राजधानीमा हुने प्रतियोगितालाई जिल्ला स्तरमा सञ्चालन गर्नु हो । 
त्यसको उदारणहरु विभिन्न जिल्लामा भइरहेका मेयरकपहरु पनि हुन् । अब, राष्ट्रिय स्तरका खेलाडीहरु लिएर जिल्ला जिल्लामा प्रतियोगिता गर्ने योजना हाम्रो हो । त्यसको तयारी पनि छ अहिले सुरुआत भइरहेको छ । त्यसैले पनि हामीले योबीचमा धेरै प्रतियोगिता गरेर सकिसकेका छौं ।
 
क्यानको नयाँ कार्यसमितिले अपेक्षाकृत काम गरेको छ ? 
पक्कै पनि छैन । कोरोनाका कारण हामी दुई वर्ष पर धकेलिएका छौँ । यो एकवर्षमा गर्ने क्यानका सबै कार्यहरु दुई वर्षपछि सरेका छन् । हामीले गर्ने तयारी गरेका अन्तर्राष्ट्रिय प्रतियोगिताहरु लामो समय भयो गर्न पाएका छैनौं । समर्थकहरुमा क्यानप्रति धेरै कुराको अपेक्षा छ ।  
सुरुआती एक वर्षमा हामीले प्रतियोगिता सञ्चालनको काम गर्ने अवसर पायौं । त्यसपछि कोरोनाका लहर अयो । अब प्रतियोगिता भइरहेका छन् । यसलाई फैलाउने योजना छ । राजधानी मात्र होइन राजधानी बाहिर पनि प्रतियोगिता गर्ने हाम्रो मुख्य योजना हो । जुन सम्भव पनि भइरहेको छ । बाँकी नयाँ कार्यसमिति सफल नै छ ।
 
एकदिवसीय सिरिको आयोजनाको कुरा कहाँ पुग्यो ? 
टी–ट्वान्टी क्रिकेटको आयोजनापछि हाम्रो योजना एकदिवसीय क्रिकेट सिरिज नै हो । त्यसमा पनि हामीले केही राष्ट्रहरुसँग पहल गरिसकेका छौं । हाम्रो आन्तरिक पहल पनि जारी छ । केही कार्य पूरा भइसकेको छ । अव प्राविधिक पाटोलाई सकाएर प्रतियोगिताका लागि तयारी गर्ने समय आएको छ । एकदिवसीय सिरिज गर्ने पक्का हो तर कुन देशसँग गर्ने भन्ने कुरामात्र फाइनल गर्न बाँकी छ । 

क्यानको आगामी कार्ययोजना के छ ? 
क्रिकेट विकास र खेलाडी विकासको विषयमा हामी सधै सजग छौँ । हामीले सकेसम्म सबै कार्य गर्ने योजना बनाएका छौँ । आईसीसीले पनि हाम्रो कार्यलाई प्रोत्साहन गरेको छ । त्यसकै लागि हामीले आईसीसी डेभलपमेन्ट अवार्ड पनि दिएको छ । 
क्यानको निलम्बनपछि हामी पहिलो कार्यसमिति हौं । हामीलाई चुनौती जति छ अवसर पनि त्यतिनै छ । मात्र हामीले यसलाई सदुपयोग गर्न बाँकी छ । हामी पूर्ण रुपमा निलम्बनबाट फुकुवा पनि हुनेछौं ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७  ०८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC