site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतका प्रधानमन्त्री मोदीलाई कोरोनाको दोस्रो खोप
तस्बिरः माेदीकाे सचिवालय
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार दोस्रो डोजको खोप लगाएका छन् । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टीच्युड अफ मेडिकल साइन्स (एम्स) मा पुगेर उनले खोप लगाएका हुन् । 

“मैले आज कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप पनि लगाएको छु,” सामाजिक सञ्जाल ट्वीटरमा माेदीले लेखेका छन् । यो खोपले कोरोनाभाइरसविरुद्ध लड्न सहयोग गर्ने विश्वास पनि व्यक्त गर्दै उनले खाेप अभियानमा सहभागी हुन सबैलाई अ‍ाह्वान गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री मोदीले पहिलो डोज गत मार्च १ मा लगाएका थिए । 

भारतमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमितहरुको सङ्ख्यामा दिन प्रतिदिन वृद्धि हुँदै गएको छ । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा एकैदिन झण्डै एक लाख २७ हजार जना सङ्क्रमित भएका हुन् ।

Global Ime bank

पछिल्लो विवरणसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड २९ लाख २८ हजार ५७४ पुगेको छ । पछिल्लो एक दिनमा भारतमा ६८५ जनाको कारोनाभाइरसका कारण मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या एक लाख ६६ हजार ८६२ पुगेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  १४:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC