site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
लन्डनमा म्यानमारका राजदूतलाई दूतावास प्रवेशमा रोक
Sarbottam CementSarbottam Cement

बीबीसी । बेलायतका लागि म्यानमारका राजदूतलाई दूतावासमा छिर्न नदिइएपछि कारमा नै रात बिताएका छन् । बुधबार दूतावासमा तैनाथ म्यानमारको सैन्य सहचरीले राजदूत क्व जर मिनलाई देशको प्रतिनिधि नमानिएको भन्दै दूतावास छाड्न भनेको थियो ।

म्यानमार सेनाले गएको फेब्रुअरी १ मा ‘कू’ गरी सत्ता हातमा लिएको थियो । गएको मार्चमा क्व जर मिनले नेतृ आङ सान सुकीको रिहाइको माग गर्दै सेनाको कदमले म्यानमारलाई विभाजित गरेको र गृहयुद्धतिर धकेलेको बताएका थिए । क्व जरले ‘कू’विरोधी आफ्नो अभिव्यक्ति राष्ट्रविरोधी नभएको बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

दूतावास प्रवेशमा लगाइएको रोकलाई उनले ‘कू’को संज्ञा दिएका छन् । राजदूतलाई प्रवेशमा रोक लगाइएको समाचार बाहिरिएसँगै दूतावास भवनअगाडि प्रदर्शनकारीहरु जम्मा भएको जनाइएको छ ।

राजदूत क्व जरको अवस्थाका बारेमा कूटनीतिक माध्यममार्फत जानकारी लिने प्रयास भइरहेको बेलायती विदेश मन्त्रालयका एक प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  ११:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC