site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मानवअधिकारमाथि आक्रमण गर्ने हतियारका रुपमा महामारीको प्रयोग : एम्नेष्टी
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्वमा मानवअधिकारमाथि आक्रमण गर्न महामारीलाई हतियारको रुपमा प्रयोग गरिएको एम्नेष्टी इन्टरनेसनलले निष्कर्ष निकालेको छ । बुधबार सन् २०२०/०२१ को प्रतिवेदन सार्वजनिक गर्दै एम्नेष्टीले मानवअधिकार कुण्ठित गर्न महामारीलाई हतियारका रुपमा प्रयोग गरिएको उल्लेख गरेको हो ।

विषाक्त समूहका केही नेताहरुले आफ्नो शक्ति मजबुत बनाउन कोभिड संकटको प्रयोग गरेको एम्नेष्टीले औँल्याएको छ । सन् २०२० मा सरकार प्रमुखले महामारीका विषयमा टिप्पणी गर्नेलाई अपराधीकरण गर्ने कानुन पारित गर्ने विषय एउटा प्रमुख प्रवृत्तिको रुपमा रहन गएको प्रतिवेदनमा जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

हंगेरीमा प्रधानमन्त्री भिक्टर ओर्बानको सरकारले कोभिड–१९ का बारेमा ‘गलत सूचना’ फैलाउने कार्यमा पाँच वर्षसम्म कैद सजाय हुने प्रावधानसहित फौजदारी संहिता संशोधन गरेको थियो ।

यसैगरी, खाडी देशहरु बहराइन, कुवेत, ओमान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा कोभिड–१९ सम्बन्धी सरकारी प्रतिकार्यका बारेमा सामाजिक सञ्जालमा टिप्पणी गर्नेहरुलाई ‘गलत समाचार’ फैलाएको आरोपमा अभियोजन गर्नेदेखि लिएर अभिव्यक्ति स्वतन्त्रता दबाउने बहानाका रुपमा प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ ।

Global Ime bank

यसैगरी, नेपालमा समेत शान्तिपूर्ण प्रदर्शनका क्रममा सुरक्षा बलले प्रदर्शनकारी तथा अधिकारकर्मीमाथि बल प्रयोग गरेको एम्नेष्टीको निष्कर्ष छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  १५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC