site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अमेरिका र इरानबीच परमाणु सम्झौताबारे वार्ता हुँदै
तस्बिर: एजेेन्सी
Ghorahi CementGhorahi Cement

दुबई । इरान र अमेरिकाले परमाणु सम्झौताका विषयमा मंगलबार अप्रत्यक्ष वार्ता गर्ने भएका छन् । सन् २०१५ मा भएको परमाणु सम्झौता दुबै देशले पालना गर्ने विषयमा सहमति जुटाउने उद्देश्यले वार्ता गर्न लागिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०१८ मा अमेरिका उक्त सम्झौताबाट पछि हटेर इरानमाथि आर्थिक प्रतिबन्धहरू लगाएपछि इरानले परमाणु कायक्रमलाई पुनः निरन्तरता दिएको थियो । प्रतिबन्ध पश्चात् इरानले अमेरिकासँग कुनै पनि प्रकारका वार्तामा बस्न अस्वीकार गर्दै आएको थियो ।

Agni Group

इरानले आफूहरूमाथि अमेरिकाले लगाएका सबै प्रतिबन्ध हटाउनुुपर्ने माग राख्दै आएको छ ।

“इरानविरुद्धको सबै अमेरिकी प्रतिबन्ध हटाउनुपर्ने हाम्रो मुख्य एजेन्डा हो । हाम्रा सर्वोच्च नेताले बारम्बार दोहोर्‍याए जस्तै योभन्दा बाहेकका विषय सहमति सम्भव छैन,” एक इरानी अधिकारीलाई उदृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । उनको यो भनाइले मंगलबार हुने भनिएको वार्ता सफल हुनेमा आशंका पैदा गरेको छ ।

Global Ime bank

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासन सम्झौतालाई पुनर्जिवित गर्न चाहान्छ ।  तर यसका लागि वार्ता गर्न आवश्यक रहेको बाइडेन प्रशासनले जनाउँदै आएको छ । रोयटर्स 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  १५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC