site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
प्रतिलिपि अधिकारको मुद्दामा गुगलको पक्षमा अदालतको फैसला
Sarbottam CementSarbottam Cement

रोयटर्स । पछिल्लो १० वर्षदेखि जारी गुगल र ओरेकलबीचको मुद्दामा अमेरिकाको सर्वोच्च अदालतले सोमबार गुगलको पक्षमा निर्णय सुनाएको छ । अल्फाबेट इनकर्पोरेटको गुगल कम्पनीले एन्ड्रोइड अपरेटिङ सिस्टम (ओएस) बनाउन ओरेकल कर्पोरेशनको सफ्टवेयर प्रयोगलाई अदालतले संघीय प्रतिलिपि कानुनविपरित नरहेको फैसला सुनाएको हो ।

ओरेकललाई उसको कोडमा प्रतिलिपि अधिकार लागु गर्ने अनुमति दिने हो भने जनताको ‘नयाँ कार्यक्रमको रचनात्मकताको भविष्य सीमित बनाउँछ’ न्यायाधीश स्टीफन ब्रेयरले फैसलामा लेखेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सन् २०१० मा  ओरेकलले आफ्नो प्रतिलिपि अधिकार उल्लंघन भएको दाबीसहित गुगलविरुद्ध मुद्दा दायर गरेपछि यीनिहरुबीचको विवाद बढेको थियो । ओरेकलले जिल्ला अदालतमा दायर गरेको मुद्दाको फैसला आफ्नो अनुकूल नभएपछि गुगलले सन् २०१८ मा फेडेरल सर्किटमा पुनरावेदनका लागि निवेदन दिएको थियो ।

गुगलले आफ्नो जाभा सफ्टवेयरको ११ हजार ३३० लाइन कोड चोरी गरेको ओरेकलको आरोप छ गुगलले भने आफूहरुले कोड कपी नगरेको दाबी गर्दै जाभा सफ्टवेयर कोडका केही तत्त्वहरुलाई प्रयोग गरेको उल्लेख गरेको छ ।

Global Ime bank

अमेरिकाको क्यालिफोर्निया राज्यमा अवस्थित यी दुई प्रविधि कम्पनीको संयुक्त वार्षिक आम्दानी १७५ विलियन डलर रहेको छ । विश्वभरका ७० प्रतिशतभन्दा बढी मोवाइल फोन एन्ड्रोइड ओएसबाटै सन्चालित हुने बताइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  १२:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC