site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मास्क र पीपीईको फोहोरले वन्यजन्तुहरु मारिँदै, लामो समय समुद्रमा तैरिन सक्छन् !
Sarbottam CementSarbottam Cement

वासिङटन । कोभिड महामारीको समयमा विश्वव्यापी प्रयोगमा आएका मास्क, पीपीईलगायत सरसामानबाट उत्पन्न फोहोरले जीवजन्तुहरुलाई प्रत्यक्ष जोखिममा पारिरहेको एक नयाँ रिपोर्टले जनाएको छ । पृथ्वीभरबाट डाटा संकलन गरिएको यस अध्ययनमा पत्ता लागेअनुसार विशेषगरी चरा र माछाका प्रजातिहरु यसका कारण मारिएका छन् । 

यसमा मास्क, प्लास्टिकको पन्जा लगायत एकपटक मात्र प्रयोग गरि फालिने किसिमका फोहोरबाट जीवजन्तुहरु बढी प्रभावित भइरहेको पाइएको छ । उनीहरुले ती सामान निल्नेदेखि त्यसमा अल्झिने, फस्ने गरेका घटना धेरै बढिसकेका छन् ।

बायोलोजिस्ट ओक फ्लोरियन भन्छिन्, “यस्ता एकपटक मात्र प्रयोग हुने सामानहरुमा हामीले अहिले ध्यान दिइरहेका छैनौँ । तर यिनीहरु एकदम छिटो वातावरणमा फेला पर्न थालिसकेका छन् । र बिस्तारै धेरै गम्भीर समस्या निम्त्याउन सुरु गर्नेछन् ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले थप भनिन्, “यो वास्तवमै अचम्मको कुरा हो कि हामीलाई सुरक्षित राख्ने वस्तुहरु नै हामी आसपासको वातावरण र जीवजन्तुका लागि यति हानिकारक छन् ।” यसअघि चराहरुले मास्क, पन्जा, टिस्यु पेपर लगायतका फोहोरबाटै आफ्नो गुँड बनाइरहेको पनि पाइएको थियो । यसअघि बेलायतको एक संरक्षण संगठनले मानिसहरुलाई मास्क फाल्दा त्यसको कानमा लगाउने इलास्टिक स्ट्रयाप्स चुडाउन आग्रह गरेको थियो । 

वैज्ञानिकहरुले सबैभन्दा पहिले नेदरल्यान्ड्सको क्यानल सफा गर्दैगर्दा एउटा माछा ल्याटेक्सको पन्जामा अड्किएर बसेको भेट्टाएका थिए । यसपछिको थप अनुसन्धानमा जीवविद्हरुले सयौँका सङ्ख्यामा फािलएका मास्कहरु ऐतिहासिक डच क्यानलमा फेला पारे र भयावह अवस्थाको पहिचान गरेका हुन् । यसैले उनीहरुलाई यो ठूलो आगामी समस्याबारे खोज गर्न प्रेरित गराएको उनीहरु बताउँछन् ।  

Global Ime bank

अनुसन्धानमा मास्क, पीपीई, पन्जा जस्ता मानव सुरक्षाका लागि बढ्दो रुपमा प्रयोग भइरहेका वस्तुका कारण मर्ने जीवजन्तुहरुको सङ्ख्या एकदम ठूलो सङ्ख्यामा वृद्धि भएको पाइएको छ । यसबाट प्रभावित हुनेमा ससाना माछा र चराहरु मात्र नभइ ठुला जीवजन्तु पनि रहेको फ्लोरियनले बताइन् । उनका अनुसार कोभिड–१९ बाट उत्पन्न फोहोरले पूरै वन्यजन्तु जगत्लाई नै संकटमा पारिरहेको छ । 

सामाजिक संजाल, स्थानीय दैनिक र अन्तर्राष्ट्रिय न्युज साइटहरुमार्फत उनीहरुले कोभिडका फोहोरसँग जीवजन्तुहरु केकसरी सम्पर्कमा आइरहेका छन् र कस्तो प्रतिक्रिया जनाइरहेका छन् भन्ने जानकारी संकलन गरेका हुन् । 

इलेइडेन युनिभर्सिटीकी बायोलोजिस्ट लिजलोट रेमबोनेट भन्छिन्, “यतिबेला हामीले गर्न सक्ने भनेको मानिसहरुलाई पुनः प्रयोग गर्न सकिने फेस मास्क लगाउन प्रोत्साहन गर्नु हो ।”

उनले फेरि भनिन्, “हामीले प्राप्त गरेका सबै जानकारी र घटनामा जीवजन्तुहरु एकपटक मात्र प्रयोग गरिने मास्कबाट सबैभन्दा बढी प्रभावित भइहेको पत्ता लाग्यो । सिंगल–युज मास्क सस्तो र छिटै हराउन सक्ने हुनाले पनि यसको प्रयोग अत्यधिक बन्न पुगेको छ ।”

तर मान्छेको व्यवहारमा परिवर्तन ल्याएपनि अहिले यसको समाधान गर्न धेरै ढिला भइसकेको अनुसन्धानकर्ताहरु बताउँछन् ।

हङकङस्थित समुद्री संरक्षण संगठन, ओसनएसियाले सार्वजानिक गरेको रेकर्डका अनुसार २०२० मा मात्र विश्वभरबाट झन्डै १.५६ अर्ब फेस मास्क समुद्रमा प्रवेश भइसकेको छ । 

फ्लोरियन भन्छिन्, “हामीले भोलिदेखि नै यसको समाधानमा केही कदम उठाएपनि सयौँ वर्षसम्म समुद्रमा मास्क तैरिरहनेछन् । जसले वन्यजन्तुलाई प्रत्यक्ष असर पार्नेछ । र यो छिटै अन्त्य हुनेछैन भनेर मलाई असाध्यै डर लागिरहेको छ । किनकि वास्तवमा समयसँगै यो समस्या छन् भयानक बन्दै जानेछ । ”

त्यस्तै पीपीईबाट निस्कने अतिरिक्त फोहोर पनि वातावरणका लागि अधिक चिन्ताजनक मानिएको छ । २०१९ को रिपोर्ट अनुसार पछिल्लो चार दशकमा विश्वव्यापी प्लाष्टिकको उत्पादन चार गुणाले वृद्धि भएको छ । त्यस्तै अन्य डाटाहरुले चाहिँ वार्षिक झन्डै ८० लाख टन प्लास्टिकजन्य फोहोर समुद्रमा लिक हुने गरेको प्रक्षेपण गरेका छन् ।

यसको दर समयसँगै झन खराब बन्दै गएको छ । लेइडेन नेतृत्व टोलीले आफूहरुको रिसर्च थप विस्तार गर्ने र चिन्तित नागरिकहरुलाई कोभिड फोहोरले प्रभावित जीवजन्तुबारे रिपोर्ट गर्न एउटा डाटाबेस स्थापित गराउन चाहेको बताएका छन् । यो अध्ययन जर्नल ‘एनिमल बायोलोजी’ मा प्रकाशित गरिएको थियो ।  सीएनएनबाट 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  ०७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC