site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोनाका कारण एक महिनामै ब्राजिलमा ६६ हजार बढीको मृत्यु
Ghorahi CementGhorahi Cement

ब्राजिलिया । गएको मार्च महिनामा मात्र ब्राजिलमा कोरोना भाइरस संक्रमणका कारण ६६ हजार ५७० जनाको ज्यान गएको छ । यो संख्या फेब्रुअरीको तुलनामा दोब्बरले बढी रहेको बीबीसीले जनाएको छ ।

कोरोना भाइरस संक्रमण र मृत्युदर बढेसँगै यहाँको स्वास्थ्य सेवा नाजुक बन्दै गएको छ । कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको भन्दै राष्ट्रपति जैर बोल्सोनारोको आलोचना भइरहे पनि उनले लकडाउनका विषयमा असन्तुष्टि जनाउँदै आएका छन् ।

Agni Group

“हाम्रा दुई शत्रु थिए, दुई नै छन्– भाइरस र बेरोजगारी,” बोल्सोनारोले बुधबार भने, “यो सत्यता हो । हामी घरमै बसेर यी समस्याको समाधान गर्न सक्दैनौं ।”

बुधबार मात्र कोरोनाका कारण ३ हजार ८०० को मृत्यु हुँदा ९० हजार नयाँ संक्रमित थपिएका थिए । ब्राजिलमा दैनिक मृत्यु हुनेको संख्या विश्वभरका मृतकको एक चौथाइ रहेको बताइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  १५:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC