site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्रम्पको आवाज भएको सामग्री समेत हटाइदियो फेसबुकले
Sarbottam CementSarbottam Cement

वासिङ्टन । फेसबुकले आफ्नो ‘प्लेटफर्म’बाट अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प भएको भिडियो हटाइदिएको छ । पूर्व राष्ट्रपति ट्रम्पकी बुहारी लारा ट्रम्पले आफ्नो पेजमा राखेकी डोनाल्ड ट्रम्पसँगको भिडियो अन्तरवार्ता फेसबुकले हटाइदिएको हो ।

“फेसबुक र इन्स्टाग्राममा राखिने डोनाल्ड ट्रम्पको आवाज भएका सामग्री हटाइने छ र उक्त अकाउन्टमा अतिरिक्त सीमा लागू हुनेछ,” लारा ट्रम्पलाई फेसबुकबाट प्राप्त भएको मेसेजमा उल्लेख गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

फक्स न्यूजमा पत्रकार समेत रहेकी लाराले आफ्नो अनलाइन कार्यक्रम ‘द राइट भ्यू’का लागि बनाएकी उक्त भिडिया फेसबुकले हटाइदिएको हो ।

“अर्थात् हामी जर्ज ओरविलको उपन्यास १९८४ मा चित्रित अवस्थाको निकै निकट पुगेका छौं,” फेसबुकको कदमलाई सर्वसत्तावादसँग तुलना गर्दै लाराले आफ्नो इन्स्टाग्राममा लेखेकी छिन् ।

Global Ime bank

गएको जनवरीमा वासिङ्टनस्थित क्यापिटल हिलमा ट्रम्पका समर्थकहरुले दंगा गरेपछि फेसबुकले ट्रम्पमाथि प्रतिबन्ध लगाएको थियो । उनलाई ट्वीटर र यु–ट्युवले समेत प्रतिबन्ध लगाएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  १४:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC