site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निर्वाचन भए अफगानी राष्ट्रपति घानीले सत्ता छाड्ने 
फाइल तस्बिर : एपी ।
Ghorahi CementGhorahi Cement

दुसांबे । अफगानी राष्ट्रपति असरफ घानीले निर्वाचन भए आफूले सत्ता छाड्ने बताएका छन् । ताजिकिस्तानमा भएको नवौँ ‘हार्ट अफ एसिया’ सम्मेलनलाई सम्बोधन गर्दै घानीले यस्तो बताएका हुन् ।

अमेरिका र अन्य केही शक्ति राष्ट्रहरुले शान्ति स्थापनाका लागि अन्तरिम सरकार गठन गर्ने प्रस्ताव गरेका छन् । तर, घानीले उक्त प्रस्ताव अस्वीकार गर्दै निर्वाचन गरे मात्र सत्ता छाड्ने अडान लिँदै आएका छन् ।

Agni Group

“सम्भव भएसम्म शीघ्र निर्वाचन गर्ने विषयको म समर्थन गर्छु,” सम्बोधनका क्रममा घानीले भने, “निर्वाचित उत्तराधिकारीलाई सत्ता हस्तान्तरण गर्न पाउनु मेरो लागि गर्वको कुरा हुनेछ ।”

अमेरिकाले शान्त सरकार बनाउन तालिबानसहितको एउटा अन्तरिम सरकार गठनको प्रस्ताव गरेको छ । तालिबानले समेत युद्ध विरामको प्रस्ताव अस्वीकार गर्दै सिधै अन्तरिम सरकारमा सामेल नहुने जनाएको छ ।

Global Ime bank

अमेरिकी योजनाअनुसार नयाँ संविधानको मस्यौदा तयार गरिनेछ र निर्वाचनपश्चात् बन्ने सरकारलाई सत्ता सञ्चालनको जिम्मेवारी दिइनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC