site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतीय राष्ट्रपति कोविन्दको शल्यक्रिया सफलतापूर्वक सम्पन्न
तस्बिर : पीटीआई ।
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । भारतीय राष्ट्रपति रामनाथ कोविन्दको मुटुको ‘बाइपास सर्जरी’ सफलतापूर्वक सम्पन्न भएको उनको उपचार भइरहेको दिल्लीस्थित ‘अल इन्डिया मेडिकल साइन्सेस (एम्स)’ले मंगलबार जानकारी गराएको छ ।

“भारतका राष्ट्रपति रामनाथ कोविन्दले एम्समा मुटुको ‘बाइपास’ शल्यक्रिया सफलतापूर्वक गराइसक्नुभएको छ । चिकित्सकहरूको टोलीलाई सफल शल्यक्रियाका लागि बधाई छ,” संघीय रक्षामन्त्री राजनाथ सिंहले राष्ट्रपतिको उपचारबारे सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा पुष्टि गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

गत हप्ता राष्ट्रपतिलाई छातीमा समस्या आएको बताएपछि नयाँदिल्लीमा नै रहेको भारतीय सेनाको अनुसन्धान र रेफरल अस्पतालमा भर्ना गरिएको थियो । पछि उनलाई उपचारका लागि एम्समा सारिएको थियो । चिकित्सकहरूले राष्ट्रपतिको बाइपास प्रक्रियाबाट शल्यक्रिया गर्न दिएको सल्लाहबमोजिम उनको मुटुको शल्यक्रिया भएको हो ।

उपचारमा संलग्न भनिएका एक चिकित्सकले नाम उल्लेख नगरिकन राष्ट्रपति कोविन्दको मुटुकोे सफल शल्यक्रिया भइसकेको र उनको अवस्था स्थिर रहेको र क्रमशः सुधार हुँदै जाने विश्वास गरिएको सिन्ह्वासँग बताए । रासस/सिन्ह्वा

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  २१:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC