site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चमेरोबाट अन्य जनावर हुँदै मानिसमा कोरोनाभाइरस संक्रमण !
फाइल तस्बिर : एपी ।
Sarbottam CementSarbottam Cement

बेइजिङ । चमेरोबाट अन्य जनावरमार्फत मानिसमा कोरोनाभाइरस संक्रमण भएको हुन सक्ने सम्भावना प्रबल रहेको पाइएको छ । कोभिड–१९ उत्पत्तिका सम्बन्धमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र चीनले संयुक्त रुपमा गरेको अध्ययनले यस्तो देखाएको हो ।

कोरोनाभाइरस प्रयोगशालामा बनाइएको सम्भावना भने ज्यादै न्यून रहेको अध्ययनको प्रारम्भिक खाकामा उल्लेख गरिएको समाचार संस्था एपीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अध्ययनको निष्कर्ष अपेक्षा गरिएअनुुसार नै भएको र अन्य कैयौँ प्रश्नहरु अनुत्तरित रहेको जनाइएको छ । अध्ययन टोलीले भाइरस प्रयोगशालाबाट ‘लिक’ भएको भन्ने परिकल्पनाबाहेकका अन्य सबै विषयमा अध्ययन गरेको थियो ।

तर, नतिजा सार्वजनिक गर्न बारम्बार ढिलाइ हुँदा चीनले अध्ययनलाई प्रभावित पार्न खोजेको आशंका गरिएको छ । चीनमाथि उसले प्रयोगशालामा कोरोनाभाइरस बनाएको भन्ने आरोप लाग्दै आएको छ ।

Global Ime bank

शोधकर्ताहरुले संक्रमणको सम्भावनालाई चार परिदृश्यमा सूचीबद्ध गरेका छन् । दोस्रो जनावरको माध्यमबाट संक्रमण फैलिएको अधिक सम्भावना रहेको छ भने चमेरोबाट मानिसमा सिधा संक्रमणको पनि सम्भावना रहेको निष्कर्ष निकालिएको छ । यसैगरी, ‘कोल्ड–चेन’ खाद्य शृंखलाको माध्यमबाट संक्रमण फैलिएको सम्भावना ज्यादै न्यून रहेको पाइएको छ ।

कोभिड–१९ संक्रमण गराउने भाइरस र कोरोनाका अन्य भाइरससमेत चमेरोमा पाइएको छ । यद्यपि, चमेरोमा पाइने भाइरस र सार्स–कोभ–२ भाइरस विकास भएको समयको दूरी कैयौँ दशक रहेको पाइएको छ ।

चमेरोमा पाइएको जस्तै भाइरस सालकमा समेत पाइएको छ । न्याउरी मुसा र बिरालोमा समेत कोभिड भाइरस हुन सक्ने आशंका गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १६, २०७७  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC