site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कतारमा कोभिड–१९ को संक्रमण बढ्दो
प्रतीकात्मक तस्बिर ।
Ghorahi CementGhorahi Cement

दोहा । कतारमा कोभिड–१९ का संक्रमितहरु बढिरहेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तायता कतारमा पनि कोभिड–१९ का संक्रमितहरु बढेको बताएका छन् ।

यहाँका स्वास्थ्य अधिकारीहरुका अनुसार कतारको राजधानी दोहामा यसका संक्रमितहरु बढी मात्रामा देखिएका छन् । शुक्रबार सार्वजनिक भएको एक तथ्यांकमा कतारमा ६०२ जनामा यो संक्रमण देखिएको छ ।

Agni Group

यहाँ यो समेत गरी एक लाख ७६ हजार जनामा कोभिडको संक्रमण पुगेको बताइएको छ । यहाँका २८२ जना नागरिकको कोभिडको संक्रमणबाट मृत्यु भएको छ ।

यहाँका चिकित्सकहरुले कोभिडका कारण कतारमा मृत्यु हुने दर भने निकै थोरै रहेको बताएका छन् । कतारमा कोरोनाविरुद्धको खोप लगाउने कार्यलाई तीव्रता दिइएको छ । यसरी यहाँका कम्तीमा पनि सात लाख मानिसलाई यो खोप दिइएको जनाइएको छ । रासस/सिन्ह्वा

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १४, २०७७  १४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC