site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हातमा जुत्ता लिएर बंगलादेशमा प्रदर्शनकारीले गरे मोदीको ‘अनादर’
Ghorahi CementGhorahi Cement

ढाका । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर बंगलादेशमा विरोध प्रदर्शन भएको छ । बंगलादेशको ५० औं स्वतन्त्रता दिवसका अवसरमा बंगलादेश भ्रमणमा रहेका मोदीविरुद्ध केही समूहले विरोध प्रदर्शन गरेका अलजजिराले जनाएको छ ।

भ्रमणका क्रममा मोदीले चुनावलाई लक्षित गर्दै यहाँको दक्षिणी ग्रामिण क्षेत्रको अवलोकन गर्नेछन् । उनले हिन्दु धर्मका एक प्रमुख सुधारकको जन्मस्थान समेत भ्रमण गर्नेछन्, जसको भारतीय राज्य पश्चिम बंगालमा समेत लाखौं अनुयायी छन् ।

Agni Group

भारतमा मुसलमानमाथि अत्याचार गरेको र धार्मीक द्वन्द्व बढाएको आरोप लगाउँदै पछिल्लो केही सातादेखि बंगलादेशमा मोदीको भ्रमणको विषयलाई लिएर विरोध प्रदर्शन भइरहेको छ ।

बिहीबार ढाकामा मोदीको विरुद्धमा प्रदर्शनमा उत्रिएका सयौं प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्याँस र रबरको गोली प्रहार गरेको बताइएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  १४:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC